
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुरपुरस्थित रहेको साना किसान कृषि सहकारी सँस्था लिमिटेडको आयोजनामा महिलाहरुलाई लक्षित गरि सँचालन गरिएको सिलाइकटाई तालिम सम्पन्न भएको छ ।
साना किसान सदस्यहरूलाई लक्षित गरी सँचालन गरिएको तीन महिने सिलाइ कटाइ तालिम शुक्रबार विधिवत सम्पन्न भएको हो । धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वतास्थित आयोजना गरिएको सो तालिम विधिवत समापन गरिएको छ ।
साना किसान कृषि सहकारी संस्था लि. ईच्छापुरले गत असार ११ देखि सुरु गरेको सिलाइकटाई तालिम शुक्रबार विधिवत रुपमा सम्पन्न भएको हो । तालिममा १२५ जना महिला सहभागी गराइएको थियो ।
तालिमको क्रममा सहभागी महिलाहरुले सिलाई सम्बन्धी सीपमा दक्षता भएपछि समापन गरिएको बताईएको छ ।
साना किसानले महिलाहरुको लागि सिलाई मेसिन उपलब्ध गराउँदै तालिम सुरु गरेको थियो । प्रशिक्षार्थी महिलाहरूलाई व्यवहारिक सीप प्रदान गरी उनीहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो ।
उक्त तालिमबाट ग्रामीण महिलाहरूको जीविकोपार्जनमा सहयोग पुग्ने र साना उद्योग तथा स्वरोजगारका अवसरहरू सिर्जना हुने भएको छ । तालिम सम्पन्न भएपछि महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
साना किसान कृषि सहकारी सँस्था लिमिटेडका अध्यक्ष लक्ष्मी यादवको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा तालिम समापन भएको हो ।
समापन कार्यक्रममा साना किसानका पदाधिकारीहरु, धनुषाधाम ५ का वडाध्यक्ष ईन्द्र कुमार महतो, साना किसान सहकारी सँस्थाका कार्यकारी प्रमुख चन्द्रकिशोर सिँह (सिके), सँस्थाका सदस्यहरु, सहभागी महिलाहरु, कर्मचारी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
५ बर्षको लभ पछि 'प्रेम विवाह', अहिले दाईजोमा ६० लाख नगदसहित सुन र जमिन माग्दै !
- २०८२ असोज १० शुक्रबार
न्यूज ब्यूरो, सिरहा । सिरहामा प्रेम विवाह गरेकी एक युवतिलाई ससुरा पक्षले दाईजोको लागि परेशान गरेपछि मुद्दा दायर भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. २ ब्रम्हपुरीमा एउटा प्रेम विवाहले
पूरा पढ्नुहोस्