
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा झिझिया नाच हेर्न जाँदै गर्दा दुई जना युवकको मृत्यू भएको छ । नाच हेर्न जाँदै गर्दा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको हो ।
धनुषाको कमला नगरपालिका वडा नं. २ माचि र वडा नं. ३ लगमाको बीचमा रहेको खोक्साहा पुलस्थित मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । मोटरसाईकलमा तीन जना सवार रहेका थिए ।
विहिबार राती करिब १०ः३० बजेको समयमा कमला नगरपालिका ३ लगमा बजारस्थित आयोजन हुँदै आएको झिझिया नाच हेर्नको लागि धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुलाबाट भारतीय नम्बर प्लेट BR 32A S7988 नम्बरको हिरो स्पेलेण्डर मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
मृत्यू हुनेमा जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुला बस्ने स्थानीय विक्रम यादवको १८ बर्षिय अमित यादव र सोही स्थान बस्ने डोमा महतोको १७ बर्षिय छोरा राहुल महतोको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा सोही स्थान सोही स्थान बस्ने देव मिश्रका १६ बर्षिय छोरा कुश मिश्र गम्भिर घाईते भएका छन् । उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ओभर स्पीडले हुलाकी राजमार्ग अन्तर्गत माचि र लगमाबीचको घुमाउरोस्थित अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकहरुको शव पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको हो । पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने भएको छ ।
दशैँमा विभिन्न गाउँमा हुने आँरकेष्ट्रा टाईप स्टेज झिझिया हेर्न विभिन्न गाउँबाट युवकहरु जाने गरेका छन् । मौजमस्ती, युवति जिस्काउने जस्ता कार्यको लागि खास एक गाउँबाट अर्को गाउँमा जाने गरेको पाईन्छ । यसले प्रत्येक बर्ष विभिन्न ठाउँमा दुर्घटना निम्त्याउने गरिएको छ । प्रायः यो अहिले हरेक गाउँमा हुन थालेको छ । यसलाई विकृतिको रुपमा लिइएको छ ।
न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
- २०८२ असोज १० शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ । जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र
पूरा पढ्नुहोस्