मधेशका मुख्यमन्त्री सिँहको पद अहिलेसम्म कायमै
मुख्यमन्त्रीले राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ ।

२०८२ भदौ २८ शनिबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले समाजिक सँजालमा राजिनामा गरेपनि अधिकारिक राजीनामा भएको छैनन् ।
जेन–जेड पुस्ताको चर्को आन्दोलनपछि देशमा भएको उलटपुलटपछि जनमतका अध्यक्ष डा. सिके राउतको निर्देशन भन्दै उनले राजीनामा गरेका थिए । उनले राजीनामा समाजिक सँजालमा अक्षरमा पोष्टयाएपनि प्रदेश प्रमुखको कार्यालयमा भने गएनन् । राजीनामा नगएपछि अहिलेसम्म उनको पद कायमै रहेको छ ।
‘नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’, वक्तव्यमा उल्लेख थियो । तर, उनले राजीनामा दिएको पत्र शुक्रबार अबेर रातिसम्म पनि प्रदेश प्रमुखको कार्यालयमा नपठाएको खुलेको छ ।
मुख्यमन्त्रीले राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ ।
मधेश प्रदेश प्रमुख कार्यालयका सचिव सत्रुधन यादवका अनुसार अहिलेसम्म मुख्यमन्त्रीको राजीनामा पत्र कार्यालयमा प्राप्त भएको छैन । ‘मुख्यमन्त्री ज्यूले राजीनामा दिनुभएको कुरा हामीले पनि फेसबुकमा हेर्यौं । तर प्रदेश प्रमुखको कार्यालयलाई अहिलेसम्म लिखित राजीनामा पत्र कुनै पनि माध्यमबाट प्राप्त भइसकेको छैन’ सचिव यादवले भने ।
प्रदेश प्रमुख कार्यालयमा लिखित रुपमा राजिनामा नदिएको र स्वीकृत नभएकाले कानुनी रुपमा उनको हालसम्म मुख्यमन्त्री पद कायमै रहेको छ ।
२५ जेठ २०८१ मा एमाले माओवादीसहित ७ दलको समर्थनमा सिंह मुख्यमन्त्री भएका थिए । पछि केन्द्रको घटनाक्रमले माओवादी केन्द्रसहितका दल निस्केको थियो भने काँग्रेस सहभागी भएको थियो ।
१५ महिने कार्यकालमा मुख्यमन्त्री सिँहको कार्यालय यसअघिका मुख्यमन्त्रीहरुको तुलनामा सुधारात्मक कार्य सम्पादन देखिएको थियो । राजश्व सुधार, नीति नियम सुधार जस्ता कार्यमा मुख्यमन्त्री सिँहको पहलकदमी थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…