सिरहामा प्रशासनले लगायो कर्फयू, यी क्षेत्रहरुमा आन्दोलन गर्न निषेध
प्रशासनले भने अत्यावश्यक सेवामा भने निषेधाज्ञा लागू नहुने जनाएको छ। एम्बुलेन्स, दमकल, शववहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगसँग सम्बन्धित सवारी साधनलाई सहज आवागमनमा सहयोग गरिने जानकारी दिइएको छ। प्रशासनले सुरक्षात्मक कारणले लिइएको निर्णयप्रति नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

२०८२ भदौ २४ मंगलबार, दिउँसो १२:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लामा हुने विशेष कार्यक्रमका कारण सुरक्षासम्बन्धी चुनौती देखिएको भन्दै सिरहा प्रशासनले आइतबारदेखि विशेष क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको आदेशअनुसार आइतबार बिहान १० बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, सिरहाले सार्वजनिक सूचना जारी गर्दै तोकिएको क्षेत्रमा सभा, जुलुस, धर्ना, प्रदर्शन, र्यालीलगायतका क्रियाकलाप पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। त्यस्तै पाँच जनाभन्दा बढी व्यक्तिहरूको भेला, जमघट तथा भीडभाड गर्न रोक लगाइएको छ।
प्रशासनले निषेधाज्ञा तोकिएका क्षेत्रहरू यसरी निर्धारण गरेको छ:
१. मिर्चीया नगरपालिका क्षेत्रः
पूर्वः- चोहर्वा सम्म, पश्चिमः मलहनियाँ सम्म, उत्तरः फुलवरिया चोक सम्म र दक्षिणः - वलुवा टोल सम्म ।
२. गोलबजार नगरपालिका क्षेत्रः
पूर्वः- गागन पुल सम्म, पश्चिमः- पुरानो चोहर्वा सम्म, उत्तरः- सैनिक चोक सम्म र दक्षिणः- कसहा कालाबन्जर सडक सम्म ।
३. लहान नगरपालिका बजार क्षेत्रः
पूर्वः - वलान पुल सम्म, पश्चिमः- भोटिया टोल सम्म, उत्तरः खुट्टी खोला सम्म र दक्षिणः- कसहा कालाबन्जर सडक सम्म ।
४. सिरहा नगरपालिका बजार क्षेत्रः
पूर्वः - शिव चोक सम्म, पश्चिमः- बसपिट्टा सम्म, उत्तरः- गुलरिया चोक सम्म र दक्षिणः- मखनाहा चोक सम्म ।
प्रशासनले भने अत्यावश्यक सेवामा भने निषेधाज्ञा लागू नहुने जनाएको छ। एम्बुलेन्स, दमकल, शववहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगसँग सम्बन्धित सवारी साधनलाई सहज आवागमनमा सहयोग गरिने जानकारी दिइएको छ।
प्रशासनले सुरक्षात्मक कारणले लिइएको निर्णयप्रति नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…