एमाले नेता रघुवीर महासेठको घरमा आन्दोलनकारीले गरे पत्थरबाजी, घरमा ठुलो क्षति
पत्थरको कारण महासेठको घरमा ठुलो क्षति पुगेको हो । घरको झ्याल, ढोकाहरु फोडिएको छ । जनकपुरमा जेनजी पुस्ताहरुको निःस्वार्थ आन्दोलनमा केही पार्टीका कार्यकर्ताहरुले घुसपैठ गरी सार्वजनिक सम्पति, नीजि सम्पति तोडफोड सुरु गरेका छन् ।

२०८२ भदौ २४ मंगलबार, बिहान ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एमालेका नेता एवम् पूर्व मन्त्री रघुवीर महासेठको घरमा आन्दोलनकारीहरुले तोडफोड गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ ब्रहम्पुरीस्थित रहेको महासेठको घरमा विभिन्न दल सम्मलित कार्यकर्ताहरु, जेनजी पुस्ताका आन्दोलनकारी समेतले महासेठको घर तोडफोड गरेको छ ।
करिब १०ः५५ बजेको समयमा मधेश प्रदेश प्रहरी कार्यालयको छेउमै रहेको महासेठको घरमा विभिन्न पार्टीका कार्यकर्ताहरु समाहित जेनजी पुस्ताको आन्दोलनको क्रममा ढुँगामुढा गरी तोडफोड गरेको हो ।
पत्थरको कारण महासेठको घरमा ठुलो क्षति पुगेको हो । घरको झ्याल, ढोकाहरु फोडिएको छ । जनकपुरमा जेनजी पुस्ताहरुको निःस्वार्थ आन्दोलनमा केही पार्टीका कार्यकर्ताहरुले घुसपैठ गरी सार्वजनिक सम्पति, नीजि सम्पति तोडफोड सुरु गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…