सर्लाहीमा एमाले र काँग्रेसको पार्टी कार्यालय जलाइए
सोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्रायस् सहरमा प्रदर्शन भएको छ ।

२०८२ भदौ २४ मंगलबार, बिहान १०:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो ।
सोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशकै प्रायस् सहरमा प्रदर्शन भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…