Gen-Z प्रदर्शनमा मृतकको सँख्या ५ पुग्यो, अस्पतालमा पनि आश्रुग्याँस प्रहार !
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ ।

२०८२ भदौ २३ सोमबार, दिउँसो ३:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।
दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।
यद्यपि आन्दोलन रोकिएको छैन ।
अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो ।
प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…