बुवाको ठाउँमा परीक्षा दिरहेका नेता शहाबुद्दिनका छोरा पक्राउ
क्याम्पस प्रमुख मोहन यादवका अनुसार, अफताबलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाइएको छ । पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने शहाबुद्दीन दुवैमाथि त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७०(क) अनुसार कारबाही हुने उनले बताए ।

२०८२ भदौ २२ आइतबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा नेपाली काँग्रेसका क्षेत्रीय सभापति मोहम्मद शहाबुद्दीनका छोरा २५ वर्षीय मोहम्मद अफताब पक्राउ परेका छन् ।
आइतबार क्याम्पसमा सञ्चालित मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षामा सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी मोहम्मद शहाबुद्दीनको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर अफताबले परीक्षा दिइरहेको अवस्थामा फेला परेका थिए ।
नक्कली परीक्षार्थीको सूचना प्राप्त भएपछि परीक्षा हलमा चेकजाँच गर्दा घटना बाहिर आएको हो ।
क्याम्पस प्रमुख मोहन यादवका अनुसार, अफताबलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाइएको छ । पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने शहाबुद्दीन दुवैमाथि त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७०(क) अनुसार कारबाही हुने उनले बताए ।
पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले अफताबलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।
शहाबुद्दीन र उनका छोरा अफताब वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाका बासिन्दा हुन् ।
घटनाले परीक्षाको निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । क्याम्पस प्रशासनले आगामी दिनमा यस्ता घटना रोक्न कडा निगरानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…