जनकपुरमा युवकलाई प्रहरीको गोली, दुई प्रहरीसहित तीन घाईते 

२०८२ भदौ १६ सोमबार
बिहान ०७:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा भइरहेको दुई समुदायबीचको झडपको क्रम अझै रोकिएको छैनन् । आईतबार भएको झडपमा प्रहरीले गोली चलाउँदा एक युवकलाई गोली लागेको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० को देवपुरा रुपैठामा सहमति विपरित मुस्लिम समुदायले ईस्लामिक झण्डा लगाएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो । शनिबार गणेश मूर्ति विसर्जनको क्रममा सार्वजनिक पोलमा लगाइएको ईस्लामिक झण्डा हटाउने क्रममा झडप हुँदा मुस्लिम समुदाय एक जना अस्पताल भर्ना भए । 

दोस्रो दिन हिन्दु समुदायका व्यक्तिहरुले चौतर्फी घेराबन्दी गरेपछि मोटो सँख्यामा प्रहरी परिचालन गरिएको थियो । आईतबार कुनै समुदायले झण्डा लगाउन नपाउने सहमति पश्चात ईस्लामिक झण्डा हटाइएको थिया । त्यसपछि भगवा झण्डा हटाउन थालेपछि हिन्दु समुदायका व्यक्तिहरुले विरोध जनाएपछि झडप भएको थियो । 

झडपको क्रममा प्रहरीले पसल, घरमा पसेर निर्घात कुटपिट गरी कैयौँलाई घाईते बनाएको थियो । हिन्दु समुदायका व्यक्तिहरुले प्रतिकार गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर एक जना युवक घाईते भएका छन् । यद्यपी, उनको अवस्था मध्यम रहेको छ । 

घाईते हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा बस्ने धनेश्वर मुखियाको छोरा बर्ष २९ को लक्ष्मण मुखिया घाईते भएका हुन् । उनको दुवै खुट्टामा रबर बुलेट लागेको प्रहरीले जनाएको छ । 

सोही झडपको क्रममा दुई प्रहरी समेत घाईते भएका छन् । प्रहरी हबल्दार सन्दुक यादव र विपिन कुमार घाईते भएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ । झडप थप केही जना घाईते भएको प्रत्यदर्शीहरुले जनाएको छ । 

विगतमा भएको सम्झौता तेलिया पोखरी खाली गर्ने सहमति अनुसार मुस्लिम समुदायले जबरदस्ती कब्जा गरेको भन्दै खाली गराउन माग गर्दै हिन्दु समुदायका व्यक्तिहरु आन्दोलन गरेका थिए । 

  • 22%
  • 11%
  • 0%
  • 0%
  • 0%
  • 11%

चर्चित डान्सर प्रिति पासवानसँग जोडेर निजी भिडियो प्रसारित, सामाजिक सञ्जालमा व्यापक चर्चा

  • २०८२ भदौ १६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  चर्चित नृत्याङ्गना प्रिति पासवानसँग जोडेर एक निजी प्रकृतिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा प्रसारित भएपछि त्यसले व्यापक चर्चा पाएको छ।  पछिल्ला केही दिनयता फेसबुक, टिकटक, म्यासेन्जर तथा

पूरा पढ्नुहोस्

Bureau Menus