कमला नगरपालिकामा अब राजस्व संकलन SUTRA प्रणालीमार्फत मात्र, रसिद दिएमा कर्मचारीलाई कारवाही

२०८२ भदौ १३ शुक्रबार
बिहान १०:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम, साउन १९ । धनुषाको कमला नगरपालिकाले अबदेखि सम्पूर्ण राजस्व संकलन कार्य डिजिटल प्रणालीमार्फत मात्र गर्ने भएको छ। नगरपालिकाले आइतबार सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ देखि SUTRA Revenue Module System प्रयोग अनिवार्य बनाएको हो।

नगर प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्रद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “राजस्व संकलन, खर्च र प्रशासनिक कार्य सम्पूर्ण रूपमा SUTRA प्रणालीमार्फत गर्नुपर्नेछ। नगद, चेक वा अन्य माध्यमबाट राजस्व उठाउने प्रचलन अब मान्य हुने छैन।”

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले देशभरका स्थानीय तहलाई चरणबद्ध रूपमा SUTRA प्रणाली अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिँदै आएको छ। यो प्रणालीले राजस्व संकलनदेखि खर्च व्यवस्थापनसम्म सबै गतिविधि डिजिटल र पारदर्शी ढंगले गर्न सहयोग पुर्‍याउने सरकारी दाबी छ।

कमला नगरपालिकाले यसअघि आंशिक रूपमा SUTRA प्रणाली प्रयोग गर्दै आएको थियो। तर, अब पूर्ण रूपमा यसलाई लागू गर्दै राजस्व संकलन, लेखा व्यवस्थापन र खर्च विवरण यही प्रणालीमै सीमित गरिएको छ।

नगरपालिकाका अनुसार यो निर्णयले राजस्व संकलन पारदर्शी र दिगो बनाउन मद्दत गर्नेछ। स्थानीयवासीलाई कर तथा शुल्क तिर्न सहज हुने अपेक्षा गरिएको छ।

“अब करदाताले अनलाइन प्रणालीमार्फत नै राजस्व बुझाउन सक्नेछन्। यसले समय र श्रम दुवै बचत हुनेछ,” प्रशासन शाखा प्रमुख बीरेन्द्र सढानले बताए ।

कमला नगरपालिकाले ल्याएको यो निर्णय कार्यान्वयनमा कडाइका साथ लागु भएमा राजस्व संकलन र खर्च व्यवस्थापनमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ।

  • 80%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८२ भदौ १३ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus