मिर्चैया प्रहरीद्धारा भारी परिमाणमा अबैद्य घरेलु मदिरा नष्ट
न्यूज ब्यूरो | सिरहा, २ साउन । ईलाका प्रहरी कार्यालय मिर्चैयाले भारी परिमाणमा अबैद्य घरेलु मदिरा नष्ट गरेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ मा २५ सय लिटर अबैद्य घरेलु मदिरा नष्ट पारेको हो । अबैद्य घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा ईप्रका मिर्चैयाबाट प्रहरी न

२०७५ साउन २ बुधबार, दिउँसो ३:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २ साउन । ईलाका प्रहरी कार्यालय मिर्चैयाले भारी परिमाणमा अबैद्य घरेलु मदिरा नष्ट गरेको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ मा २५ सय लिटर अबैद्य घरेलु मदिरा नष्ट पारेको हो ।

अबैद्य घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा ईप्रका मिर्चैयाबाट प्रहरी निरिक्षक कैलाश चौधरीको कमाण्डमा गएको ३० जनाको प्रहरी टोलीले स्थानीयहरुकोे घरमा लुकाइछिपाई राखिएको अबस्थामा अबैद्य घरेलु मदिरा तथा मदिरा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ सहित २५ सय लिटर मदिरा नष्ट गरेको जनाइएको छ । प्रहरी टोलीले ६१ वटा भाडाकुडा समेत नियन्त्रणमा लिएका छन् ।

मदिराका कारण दिनहु समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको समयमा स्टिंग अपरेशन शुरु गरिएको ईप्रका मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले बताउनुभयो । डिएसपी शाहका अनुसार मानिसको स्वास्थ्य स्थितिमा प्रत्यक्ष असर पुर्याइरहेको हुँदा यसलाई अभियानकै रुपमा संचालन गरिएको बताए ।

मिर्चैया आसपासका विभिन्न गाँउहरुमा अबैद्य रक्सी भट्टीहरु संचालनमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…