मेयर बरबरियाले बाँडे १ सय १२ गरिब र लक्षित वर्गलाई सोलार
न्यूज ब्यूरो | जनकपुरधाम, १ साउन । धनुषाको शहिदनगर नगरपालिकामा लक्ष्यित वर्ग र गरिब जनसमुदायमा सोलार वितरण गरिएको छ । नगर प्रमुख उदय कुमार बरबरियाको विशेष पहलमा नगरपालिकाको वडा नं. २ चोराकोयलपुरका गरिब तथा विपन्न लक्षीत वर्गहरुलाई साना सोलार वितरण गरिएको हो । उक्त वडामा रहेको अति बिपन्न, दलित, अल्पस

२०७५ साउन १ मंगलबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १ साउन । धनुषाको शहिदनगर नगरपालिकामा लक्ष्यित वर्ग र गरिब जनसमुदायमा सोलार वितरण गरिएको छ ।
नगर प्रमुख उदय कुमार बरबरियाको विशेष पहलमा नगरपालिकाको वडा नं. २ चोराकोयलपुरका गरिब तथा विपन्न लक्षीत वर्गहरुलाई साना सोलार वितरण गरिएको हो ।
उक्त वडामा रहेको अति बिपन्न, दलित, अल्पसँख्यक, सीमान्तकृत समुदायका व्यक्तिहरुलाई १ सय १२ थान सोलार वितरण गरिएको हो ।
वडाध्यक्ष जैसवाल भिन्वारको अध्यक्षतामा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र सौर्य उर्जा शाखाको सहयोगमा उक्त सोलार वितरण गरिएको मेयर बरबरियाले बताए ।
शहिदनगर नगरपालिकामा गरिब, लक्षित, दलित, सीमान्तकृत, अल्पसँख्यक समुदायको लागि परियोजनाहरु निरन्तर ल्याउने गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…