जनमत पार्टीको लुम्बिनी प्रदेश सांसदमा नीलम पासवानको नाम सिफारिस
लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. ३,रुपन्देहीकी नीलम पासवान पार्टीकी केन्द्रिय कार्यकारिणी समिति सदस्य समेत हुन् भने उनका श्रीमान बिनोद पासवान पनि पार्टीको स्थापना पूर्व देखि नै संगठनको प्रवास बिभाग “गैर आवासीय मधेशी संघ” को केन्द्रिय सदस्य एवं विभिन्न विभागीय जिम्मेदारीमा रही पार्टीको सांगठनिक कार्यमा महत्वपूर्ण योगदान दिएका केन्द्रिय नेताका रुपमा पार्टी भित्र परिचित छन।

२०८२ साउन २७ मंगलबार, बिहान ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २७ साउन । जनमत पार्टीले लुम्बिनी प्रदेस सभामा रिक्त रहेको समानुपातिक सांसद को लागि नीलम पासवानलाई सिफारिस गरी पठाउने निर्णय गरेको छ।
पार्टीको समानुपातिक बन्दसूचीको चौथो क्रममा उनी रहेकी थिईन। यस अघि प्रदेश सभा सांसद गीता गुरुङ्ग लामो समयदेखि बेलायत बस्दै आएका कारण लुम्बिनी प्रदेश सभाको बैठकमा १० पटक भन्दा बढी अनुपस्थिती रहेको भन्दै लुम्बिनी प्रदेश सभाका सभामुखले प्रदेश सभाको नियमावली बमोजिम कारवाही भई सो स्थान रिक्त भएको घोषणा गरेका थिए।
प्रदेश सभा सचिवालयले सो को जानकारी जनमत पार्टी, लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्तालाई समेत गराएको थियो।
लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. ३,रुपन्देहीकी नीलम पासवान पार्टीकी केन्द्रिय कार्यकारिणी समिति सदस्य समेत हुन् भने उनका श्रीमान बिनोद पासवान पनि पार्टीको स्थापना पूर्व देखि नै संगठनको प्रवास बिभाग “गैर आवासीय मधेशी संघ” को केन्द्रिय सदस्य एवं विभिन्न विभागीय जिम्मेदारीमा रही पार्टीको सांगठनिक कार्यमा महत्वपूर्ण योगदान दिएका केन्द्रिय नेताका रुपमा पार्टी भित्र परिचित छन।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत हाल बिदेशमा रहेकाले उनी स्वदेश फर्केपछि यसै साता भित्र निर्वाचन आयोगमा सिफारिस पत्र पठाईने पार्टी श्रोतले जनाएको छ।
यद्यपी, अधिकारिक निर्णयको प्रतिलिपि भने उपलब्ध गराइएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…