
न्यूज ब्यूरो, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मिनी अक्सनमा मोहम्मद आदिल आलमलाई सबै ८ वटै टिमले बोली लगाएका छन् ।
न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए ।
त्यसपछि भएको लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो ।
मोहमद आदिल आलम सन् २०७९ मंसिरमा त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका थिए। त्यसपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग गरिएका थिए।
यद्यपी क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक अनुसन्धान र प्रक्रिया पुरा गरेपछि उनलाई २०८२ वैशाख २१ गतेबाट पुनः क्रिकेटमा फर्किन अनुमति दिइएको हो।
विगत ४ बर्षदेखि जलकुम्भीले भरिएको पोखरी युवाहरुले गरे सफाई, ठेक्का लगाउने तयारी
- २०८२ श्रावण २६ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको झिटकहियास्थित विगत ४ बर्षदेखि बेकामे बेवारिसे रहेको पोखरी युवाहरु मिलेर सफाई गरी सँचालनमा ल्याएका छन् । धनुषाको औरही गाउँपालिका वडा नं. १ झिटकहियास्थित रहेको सार्वजनिक पोखरी
पूरा पढ्नुहोस्