मोदी र ओलीले सँचालन गरेको "जनकपुर-अयोध्या" बस सेवा अझ चलेन किन ?
न्यूज ब्यूरो | जनकपुरधाम, ३२ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको जनकपुर अयोध्या बस सेवा अझ चल्न सकेको छैन । गत बैशाख २८ गते मोदीको जनकपुर भ्रमणका वेला प्रधानमन्त्री केपी ओलीसँग संयुक्त रूपमा उद्घाटन गरेको जनकपुर–अयोध्या बस सेवा उद्घाटनको डेढ महिना

२०७५ असार ३२ सोमबार, राति ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ३२ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको जनकपुर अयोध्या बस सेवा अझ चल्न सकेको छैन ।
गत बैशाख २८ गते मोदीको जनकपुर भ्रमणका वेला प्रधानमन्त्री केपी ओलीसँग संयुक्त रूपमा उद्घाटन गरेको जनकपुर–अयोध्या बस सेवा उद्घाटनको डेढ महिनाभित्रै सँचालन गर्ने प्रतिवद्धता जनाएपनि अझ सञ्चालनमा आउन सकेको छैन ।
बस सेवा उद्घाटनपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह (कुसवाह) ले पत्रकार सम्मेलन गरी डेढ महिनामै बस सेवा सञ्चालन हुने जनाएका थिए ।
तर, अहिलेसम्म बस सेवा सञ्चालनका लागि लिखित सम्झौता भएको छैन । दुई देशका अधिकारीबीच लिखित सम्झौता कहिले हुने भन्ने प्रदेश सरकारका अधिकारीले जवाफ दिन सकेका छैनन् ।
बस सेवा सञ्चालनको सहमति संघीय सरकार र भारत सरकारबीच हुने सिंहले बताए । उनले भने, ‘प्रदेश सरकार त सञ्चालन मात्रै गरिदिने हो, यस विषयमा के भइरहेको छ भन्ने विषयमा पराराष्ट्र मन्त्रालयसँग सम्पर्क गर्ने गर्छु, ठोस जानकारी छैन ।’

मोदी भ्रमणका वेला दुवै प्रधानमन्त्रीले जानकी मन्दिरको प्रांगणमा हरियो झन्डा देखाएर जनकपुर–अयोध्या मैत्री बस सेवाको उद्घाटन गरेका थिए । 
नेपाल–भारतको धार्मिक तथा पौराणिक सम्बन्धलाई थप प्रगाढ बनाउन बस सेवा सञ्चालनले मद्दत पुग्ने दुवै प्रधानमन्त्रीको विश्वास थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माध्यमिकी परिक्रमा सडक तथा विभिन्न विश्रामस्थल बनाउन सय करोड भारु अनुदानको घोषणा गरेका थिए ।
विदेशी सरकारले दिने अनुदान वा ऋण संघीय सरकारमार्फत आउने हुनाले जानकारी नभएको आर्थिक मामिलामन्त्री विजय यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…