मधेश पर्यटन प्रवर्द्धनमा सहकार्यको लागि मन्त्री कुशवाहाको आह्वान, पारिश्रमिक दिइने
न्यूज ब्यूरो, २१ साउन । मधेशको पर्यटन प्रवर्द्धनका लागि सामाजिक सञ्जाल प्रयोगकर्तासँग सहकार्यको पहल गरिएको छ। ‘मधेश टुरिज्म’, ‘जनकपुर टुरिज्म’ र ‘भिजिट मधेश’ अभियानमा सामग्री साझा गर्न इच्छुक व्यक्तिहरूलाई समेट्ने प्रयास थालिएको हो। सञ्चालक समूहले फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटर (एक्स) लगायतका स

२०८२ साउन २१ बुधबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २१ साउन । मधेशको पर्यटन प्रवर्द्धनका लागि सामाजिक सञ्जाल प्रयोगकर्तासँग सहकार्यको पहल गरिएको छ। ‘मधेश टुरिज्म’, ‘जनकपुर टुरिज्म’ र ‘भिजिट मधेश’ अभियानमा सामग्री साझा गर्न इच्छुक व्यक्तिहरूलाई समेट्ने प्रयास थालिएको हो।
सञ्चालक समूहले फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटर (एक्स) लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आफ्ना माध्यमबाट टेक्स्ट, फोटो, भिडियो, पोस्टर वा ब्यानर सामग्रीहरू नियमित रूपमा प्रचार गर्न अनुरोध गरेको छ।
सक्रिय रूपमा पोस्ट गरी प्रवर्द्धनमा सहयोग गर्ने सहभागीहरूलाई उचित पारिश्रमिक उपलब्ध गराइने जनाइएको छ। इच्छुक व्यक्तिले आफ्ना सामाजिक सञ्जालको प्रोफाइल लिंक वा युजरनेम सहित WhatsApp नम्बर ९८५४०८२५५५ मा सम्पर्क गर्न भनिएको छ।
अभियानकर्ताहरूले सामाजिक सञ्जालको प्रभावकारी उपयोगमार्फत मधेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाको प्रचारप्रसार हुने अपेक्षा राखेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…