कमला क्रिकेट लिगको फाईलनमा भोली वडा नं. ४ र ५ भिडदै
भोली शुक्रबार दिउँसो १२ बजे वडा नं. ४ र वडा नं. ५ बीच फाईनल खेल हुने आयोजकले जनाएको छ । भोली २० ओभरको पारी खेलिने जनाइएको छ । जित्नेलाई २५ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ भने दोस्रो हुनेलाई १५ हजार नगद र ट्रफी दिइनेछ । भोलीको खेल रोमाञ्चक हुनेछ ।

२०८२ साउन १५ बिहीबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १५ साउन । कमला नगरपालिकामा जारी कमला क्रिकेट लिग २०८२ (प्रथम सिजन) को फाईनलमा वडा नं. ४ र वडा नं. ५ भिडने भएको छ ।
असार २० गतेदेखि सुरु भएको कमला क्रिकेट लिग साउन २ गते नै फाईनल हुने तय भएपनि बीचमा भएको खेल अवरुद्ध, बर्षा र अन्य आन्तरिक कारणले खेल सारिएको थियो । झण्डै १ महिनामा फाईनल खेल हुन लागेको हो ।
आयोजक कमला युवा सञ्जालका अध्यक्ष बिमलेश यादवका अनुसार लिग अन्तर्गत सहभागी कमला नगरपालिकाका ९ वटै वडाका टिमहरुले क्रिकेटको नियम अनुसार छनौट भएको बताए । वडा नं. ४ ले दुई खेलमा पराजित भई ४ खेलमा विजयी भएका थिए भने वडा नं. ५ एक खेल गुमाएर बाँकीका ४ खेल जितेपछि सेमिफाईनल पुगेका थिए ।
प्रि–सेमिफाईनल खेलमा वडा नं. २ सँग भिडेका वडा नं. ५ ले अम्पायरको एक गलत निर्णयको कारण खेल जितेका थिए । सिरहा जिल्लास्तरीय क्रिकेट टीमका कप्तान समेत रहेका वडा नं. ५ का अशोक यादवले खेल जिताउँदै आएका हुन् । सेमिफाईनल अगाडी भएको २ र ५ बीचको खेलमा १६४ का लक्ष्य पाएका वडा नं. २ ले १३० रन बनाएका थिए । चम्किला ब्याट्सम्यान रामईश्वर यादवलाई अम्पायरको एक गलत निर्णयले आउट दिएपछि पराजित भएका थिए । उनले १२ बलमा ४३ रन जोडेका थिए । हिटर ब्याटम्यानको रुपमा रहेका रामईश्वरलाई आउट दिएपछि हार बेहोर्नुपरेका थिए ।
भोली शुक्रबार दिउँसो १२ बजे वडा नं. ४ र वडा नं. ५ बीच फाईनल खेल हुने आयोजकले जनाएको छ । भोली २० ओभरको पारी खेलिने जनाइएको छ । जित्नेलाई २५ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ भने दोस्रो हुनेलाई १५ हजार नगद र ट्रफी दिइनेछ । भोलीको खेल रोमाञ्चक हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…