औरही गापाका युवाहरु गापा अध्यक्ष र अधिकृतलाई बुझाए भ्रष्टाचार विरुद्ध अभियानको प्रतिवेदन र ज्ञापन पत्र
न्यूज ब्यूरो | सिरहा, ३२ असार । सिरहाको औरही गाउँपालिकाका स्वतन्त्र युवा समाजका युवाहरूले चलाएको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत सोमबार गाउँपालिकाको कार्यालयमा प्रतिवेदन, ज्ञापन–पत्र र अभियानबाट संकलित जन हस्ताक्षर बुझाएका छन् । स्वतन्त्र युवा समाजका अभियन्ता ज्ञान कामतीले अभियानको आवश्यकता, उद

२०७५ असार ३२ सोमबार, दिउँसो ४:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ३२ असार । सिरहाको औरही गाउँपालिकाका स्वतन्त्र युवा समाजका युवाहरूले चलाएको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत सोमबार गाउँपालिकाको कार्यालयमा प्रतिवेदन, ज्ञापन–पत्र र अभियानबाट संकलित जन हस्ताक्षर बुझाएका छन् ।
स्वतन्त्र युवा समाजका अभियन्ता ज्ञान कामतीले अभियानको आवश्यकता, उदेश्य र गाउँपालिकाको वर्तमान अबस्थालाई समेट्दै गापाका अध्यक्ष सिद्धार्थ यादवलाई प्रतिबेदन सुनाएरै हस्तान्तरण गरेका छन् । युवाहरुले आर्थिक वर्ष २०७४÷७५ को हरहिसाब सार्वजनिक गर्न माग सहित भ्रष्टाचार भएको आशंकाको आधारमा विभिन्न योजनाहरुको फरछियौट कागज समेत माग गरेका हुन् ।
ज्ञापन–पत्र बुझ्दै गापा अध्यक्ष यादवले गाउँपालिकामा राजनीतिक बिबाद, कर्मचारी अभाब र नीति प्रष्ट नभएका कारण समस्या भएको बताए । अध्यक्ष यादवले युवाहरुको यस खबरदारीलाई सकारात्मक रुपमै लिएको थपे ।
सरोकारबालाले युवाहरुको यस अभियानबाट गापामा रहेको राजनीतिक कलह समेत समाधान हुन लागेको भन्दै आगामी दिनमा यस्तो गतिविधि नहुने आश्वासन दिए । उनीहरुले अर्थिक बर्षको हिसाब किताब दिन समय लाग्ने भन्दै तयारी गरेर चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
युवाहरुले गाउँपालिकामा भइरहेको भ्रष्टाचार, बिकास निर्माणमा अनियमितता र सूचना उपलब्ध गराउन भइरहेकोे आनाकानी विरुद्ध भण्डाफोर अभियान चलाएका थिए । भण्डाफोर अभियान गाउँपालिकाका प्रत्येक वडा–टोलमा चलाएर गाउँपालिकामा भईरहेको भ्रष्टाचार र अनियमिततालाई भण्डाफोर गर्दै जनजागरण गराएका थिए ।
स्वतन्त्र युवा समाजका अध्यक्ष दिपेन्द्र यादवले हरहिसाब पारदर्शी नभए अझ लोकतान्त्रिक विधिको दबाब मुलक कार्यक्रम सार्वजनिक गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…