न्यूज ब्यूरो, १० साउन । सिरहामा प्रहरीले गोली चलाएर एक लागुऔषध तस्करलाई पक्राउ गर्न सफल भएको छ ।
सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नम्बर ४ कुसण्डी जाने बाटोमा लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले एक भारतीय नागरिकलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
इप्रका झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले आज दिउँसो करिब ३ः४५ बजेको समयमा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 32 M 7338 नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक फरार हुन खोजेपछि प्रहरीलाई गोली प्रहार गर्न बाध्य भएको जनाइएको छ।
प्रहरी नायब निरीक्षक प्रहरी नायब नीरिक्षक रामबालक ठाकुर, प्रहरी सई शिव मैनाली, र लागुऔषध नियन्त्रण ब्युरोका सुरक्षाकर्मीहरुले खटिएको टोलीले उक्त मोटरसाइकललाई नियन्त्रणमा लिन खोज्दा नरोकी भागेपछि Type 77 मोडेलको पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरी मोटरसाइकलसहित व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्ति भारत बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको बिरपुर ग्रामपंचायत–९ का ३८ वर्षीय श्याम सुन्दर पासवान रहेको प्रहरीले जनाएको छ। उनको साथबाट खैरो हिरोइन करिब ५० ग्राम बरामद गरिएको छ।
बरामद गरिएको लागुऔषध र मोटरसाइकलसहित श्याम सुन्दर पासवानलाई थप अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारी पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार अन्तर्राष्ट्रिय सिमाना हुँदै नेपाल भित्र्याइने लागुऔषध कारोवारमा संलग्न गिरोहमाथि निगरानी र कडा कारवाही जारी राखिने छ।
धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
- २०८२ श्रावण ११ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ
पूरा पढ्नुहोस्


_Q0Pm2ZjB51.jpeg)

