अवैद्य काजु पक्राउ प्रकरणमा मेरो नाम जोडेर केही पार्टीका कार्यकर्ताहरुले भ्रम फैलाउन खोजेः नेता महासेठ
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित चाइनिज ईंटाभट्टा कम्पाउण्डको खाली घरमा लुकाइराखिएको अवस्थामा काजु फेला परेपछि सो जग्गा नेता महासेठको रहेको भन्दै समाजिक सँजालमा अडकलबाजी गरिएको छ ।

२०८२ असार २९ आइतबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले धनुषामा सशस्त्र प्रहरीले लुकाएर राखेको अवैद्य काजु पक्राउ गरेको प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गर्न खोजेको बताएका छन् ।
समाजिक सँजालमा केही पार्टीका कार्यकर्ताहरुले सुनुयोजित रुपमा नेता महासेठको नाम जोडेको आरोप छ । समाजिक सँजालमा सूचनाहरु आएपछि न्यूज ब्यूरोसँग कुराकानी गर्दैै नेता महासेठले काजु बरामद भएको जग्गामा कैयौँ जनाको सेयर रहेकोमा कुनै उपभोगमा नरहेको जनाउँदै कसैले राखिदिएकै भरमा आफ्नो नाम जोडेर भ्रम फैलाउनु समाजिक मूल्य मान्यता विपरित रहेको बताए । उनले सम्बन्धित दलका कार्यकर्ताहरुमा राजनीतिक सँस्कार नभएको बताए ।
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित चाइनिज ईंटाभट्टा कम्पाउण्डको खाली घरमा लुकाइराखिएको अवस्थामा काजु फेला परेपछि सो जग्गा नेता महासेठको रहेको भन्दै समाजिक सँजालमा अडकलबाजी गरिएको छ ।
गत बुधबार सशस्त्र प्रहरीको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दै उक्त घरबाट करिब १३ क्विन्टल २० किलो काजु बरामद गरे । त्यसपछि सो समाचार उठाएर समाजिक सँजालमा नेता महासेठको नाम जोडिएको पाईएको छ ।
एमालेका जिल्ला सचिव दिप नारायण ठाकुर (दिपन) ले समेत सो जग्गामा कैयौँ जनाको सेयर रहेकोमा तस्विरमा देखाइजस्तै कुनै घर नरहेको दाबी गरे । उनले सेयरधनीहरुले विभिन्न भागबाट बाँडफाँड गरी उपभोग गर्दै आएको बताउँदै कसैले लुकाएर केही राखिदिएमा पूर्वमन्त्री जस्ता व्यक्तिको नाम जोडिनु अपराध रहेको बताए ।
नेता महासेठलाई राजनीतिक पूर्वाग्रह साध्नको लागि केही दलका कार्यकर्ताहरुले प्रोपागाण्डा फैलाएको आरोप ठाकुरले लगाए ।
यता, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक निर्मल खड्काले समेत सो जग्गा महासेठको नरहेको बताए । उनले यस सन्दर्भमा फोनहरु आएपछि बुझ्दै जाँदा सो जग्गा नेता महासेठको नरहेको जानकारी प्राप्त भएको बताए ।
प्रयोगमा नभएको बेला कुनै बिचौलिया, बिलेकिया वा तस्करले ठाउँमा कसैलाई शंका नहोस भनेर भण्डारण गरेको हुन सक्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…