जनकपुरः मोसा दुर्घटनामा परी एक युवकको मृत्यू
उदय राउत मधेस प्रदेश ०२–००५ प ल ८८४२ नम्बरको मोटरसाइकलमा सवार थिए। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको थियो । गम्भिर घाईते भएका राउतलाई उपचारको लागि प्रादेशिक अस्पताल पुरयाएकोमा उनको बाटोमै मृत्यू भएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।

२०८२ असार २९ आइतबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ रमौलस्थित दुर्घटना भएको हो ।
रमौलदेखि दक्षिणतर्फको सडक खण्डमा शनिबार बेलुकी भएको मोटरसाईकल दुर्घटनामा धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ४ मधुकरीका २५ वर्षीय उदय राउतको मृत्यू भएको हो ।
उदय राउत मधेस प्रदेश ०२–००५ प ल ८८४२ नम्बरको मोटरसाइकलमा सवार थिए। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको थियो । गम्भिर घाईते भएका राउतलाई उपचारको लागि प्रादेशिक अस्पताल पुरयाएकोमा उनको बाटोमै मृत्यू भएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।
ललिया प्रहरी चौकीका ईन्चार्ज असई योगेन्द्र चौधरीका अनुसार घाइते राउतको अवस्था त्यतिबेला चिन्ताजनक रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…