मधेश सरकारलाई दिएको नाउपाको समर्थन फिर्ता, नयाँ सत्ता समिकरणको अभ्यास सुरु
नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत लिनुपर्ने अवस्था आउने विपक्षी दलहरुले बताएका छन् । नाउपाकी सांसद उर्मिला देवी सिंहले समर्थन फिर्ता लिएकी घोषणा गरेकी छन् । उनी सो पार्टीकी एकमात्र समानुपातिक सांसद हुन् ।

२०८२ असार २५ बुधबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले औपचारिक रुपमा फिर्ता लिएको छ ।
सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिएको नाउपाले संघीय सरकारबाट समेत समर्थन फिर्ता लिइसकेको छ । मधेश प्रदेशमा नाउपाको एकजना सांसद छन् ।
नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत लिनुपर्ने अवस्था आउने विपक्षी दलहरुले बताएका छन् ।
नाउपाकी सांसद उर्मिला देवी सिंहले समर्थन फिर्ता लिएकी घोषणा गरेकी छन् । उनी सो पार्टीकी एकमात्र समानुपातिक सांसद हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…