मोनाष्टिक स्कूलबाट SEE मा उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीहरुलाई मधेशका सभामुखको सम्मान
मोनाष्टिक स्कूलको आयोजना राखिएको पुरस्कार तथा सम्मान समारोहमा मोनाष्टिकबाट ६ जनाले ४.० जिपिए ल्याएको भन्दै गौरवान्ति महसुस गरे । उनले विद्यार्थीहरुलाई पुरस्का दिए । जनकपुरधाममा शनिबार मधेश प्रदेशसभाका सभामुख मण्डलले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा मोनास्टिक स्कुलको प्रशंसा गर्दै विद्यार्थीलाई बधाई ज्ञापन समेत गरे ।

२०८२ असार २२ आइतबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको चर्चित नीजि विद्यालय जनकपुरधामको मोनाष्टिक आवासीय स्कूलका विद्यार्थीहरुलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सम्मान गरेका छन् ।
जनकपुरधामको शिक्षा क्षेत्रमा गौरवको रुपमा हेरिएको मोनाष्टिक स्कूलबाट २०८१ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सभामुख मण्डलले एक समारोहबीच पुरस्कृत गरेका छन् ।
मोनाष्टिक स्कूलको आयोजना राखिएको पुरस्कार तथा सम्मान समारोहमा मोनाष्टिकबाट ६ जनाले ४.० जिपिए ल्याएको भन्दै गौरवान्ति महसुस गरे । उनले विद्यार्थीहरुलाई पुरस्का दिए ।
जनकपुरधाममा शनिबार मधेश प्रदेशसभाका सभामुख मण्डलले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा मोनास्टिक स्कुलको प्रशंसा गर्दै विद्यार्थीलाई बधाई ज्ञापन समेत गरे ।
उनले जनकपुरधाम क्षेत्रको शैक्षिक क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको भन्दै गम्भीर हुन आवश्यक रहेको औल्याए ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले एसईई परीक्षामा मोनास्टिक स्कुलका ६ जना विद्यार्थीले फोर जिपीए ल्याउन सफल भएकोमा बधाई दिए । नेता यादवले शैक्षिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकोले यसको निरन्तरतासंगै नेपालकै उत्कृष्ट बन्न सकिने सम्भावना रहेको बताए ।
मोनास्टिक स्कुलका एसईई परीक्षामा उत्कृष्ट नतिजना ल्याएका अविनाश यादव, अभिनव कर्ण, अमन महतो, धीरज पण्डित, प्रीन्स मोदी र प्रीयमराज साह लगायतका विद्यार्थीलाई सभामुख मण्डल, नेता यादव, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर लालकिशोर साह, मोनास्टिक स्कुलका एमडी डा. सोनुकुमार साह र प्रिन्सिपल शिखा नायकले संयुक्त रुपमा सम्मानसहित २५ हजार रुपैयाँ नगद राशी हस्तान्तरण गरेका थिए ।
सो क्रममा अन्य विद्यार्थी र शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । सो विद्यायलले एसईई परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…