पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सम्पूर्ण चिकित्सकसँग माफी माग्नुपर्छ : डा. पँजियार
न्यूज ब्यूरो | काठमान्डौँ, ३१ असार । मधेसी चिकित्सक सँघका प्रवक्ता डा. विनय पँजियारले पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सम्पूर्ण चिकित्सकसँग माफी माग्नुपर्ने बताएका छन् । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका साँसद समेत रहेका थापाले शनिबार माइतिघर मण्डलाबाट चिन, बँगलादेश, फिलिपिन्स र इ

२०७५ असार ३१ आइतबार, दिउँसो १:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
काठमान्डौँ, ३१ असार । मधेसी चिकित्सक सँघका प्रवक्ता डा. विनय पँजियारले पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सम्पूर्ण चिकित्सकसँग माफी माग्नुपर्ने बताएका छन् ।
पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका साँसद समेत रहेका थापाले शनिबार माइतिघर मण्डलाबाट चिन, बँगलादेश, फिलिपिन्स र इजिप्टमा नेपालिहरु नेपालमा सिट नपाएर हैन कि डिग्री पाउने ग्यारेन्टी पाएर मात्र लाखौ खर्च गरेर डाक्टरी पढ्न बिदेशिन्छन भन्ने वक्तत्वप्रति ध्यनाकर्षण गर्दै विरोध गरेका छन् ।
उनले भनेका छन् , "माननीय गगन कुमार थापाको यस्तो अभिव्यक्ति हामी सबैलाइ धेरै नै मर्माहित बनाएको अवस्था छ । यो नितान्त कपोकल्पित हो , माननीय ज्युमा सुचनाको अभाव र कसको प्रभाव थियो त्यो समयले प्रस्ट्याउने छन ।हेक्का होस डा भग्वान कोइराला, डा भोला रिजाल हरु पनि उतैका हुन।"
थापाको उक्त वक्तत्वप्रति खेद प्रकट गर्दै सँघका प्रवक्ता पँजियारले थापाको ती अभिव्यक्तिले सम्पूर्ण चिकित्सकहरुको अस्तित्वमाथी नै प्रश्न उठाएकोले त्यस अभिव्यक्तिको घोर भत्र्सना गरेको छ ।
साथै , यथाशिघ्र सम्पूर्ण देश्प्रेमी चिकित्सकहरुसँग माफी माग्न आग्रह समेत उनले गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…