कमला क्रिकेट लिगः दोस्रो दिन दुई खेलमा वडा नं. १ र ४ विजयी
यस्तै दोस्रो खेलमा वडा नं. ८ को टिमले १२ ओभरमा ९६ रन बनाउदै अल आउट भए । जवाफी ब्याटिँगमा उत्रेकामा वडा नं. ४ ले ३ विकेटको क्षतिमा ८ ओभरमै ९७ रन बनाएर विजयी हाँसिल गरेको आयोजक कमला युवा सँजालका अध्यक्ष विमलेश यादवले जानकारी दिए ।

२०८२ असार २१ शनिबार, राति ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिकामा जारी रहेको कमला क्रिकेट लिगको दोस्रो दिनको खेलमा वडा नं. १ र वडा नं. ४ का टिमले जीत निकालेका छन् ।
शनिबार भएको वडा नं. १ सँग वडा नं. ७ र वडा नं. ८ सँग वडा नं. ४ को दुई खेलमा वडा नं. १ र ४ विजयी भएका हुन् ।
पहिलो खेलमा वडा नं. १ ले १६ ओभरमा ४ विकेट गुमाउँदै १८३ रन जोडे । जवाफीमा उत्रेका वडा नं. ७ ले १० ओभरमै सबै विकेट गुमाएपछि पराजित भएको हो । उनीहरुले ८३ रन बनाउँदै सबै विकेट खसालेका थिए ।
यस्तै दोस्रो खेलमा वडा नं. ८ को टिमले १२ ओभरमा ९६ रन बनाउदै अल आउट भए । जवाफी ब्याटिँगमा उत्रेकामा वडा नं. ४ ले ३ विकेटको क्षतिमा ८ ओभरमै ९७ रन बनाएर विजयी हाँसिल गरेको आयोजक कमला युवा सँजालका अध्यक्ष विमलेश यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…