धनुषाको धनौजीमा बिना कार्यादेशको आधा असारमा निर्माण कार्य, बजेट पचाउने दाउ
धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशँकर यादवले एउटा नै कार्यादेश नहुने दाबी गरेपनि वडाध्यक्ष साहलाई कार्य गर्न अनुमति दिएको आरोप छ । वडा नं. २ का वडासदस्यहरुले नै यसको विरोध जनाएपछि प्रकरण बाहिरिएको छ ।

२०८२ असार १५ आइतबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको धनौजी गाउँपालिकाको धनौजीमा निर्माण कार्य सम्पन्न हुने बेलामा निर्माण कार्य सुरु गरिएको छ ।
अबेर गरी भएको गाउँसभापछि कुनै पनि कार्य सँचालन नहुने बताइएपनि धनौजी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष उदय साहले आफ्नो वडामा बिना कार्यादेशको कामकाज सुरु गरेपछि विवाद चुलिएको छ ।
धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशँकर यादवले एउटा नै कार्यादेश नहुने दाबी गरेपनि वडाध्यक्ष साहलाई कार्य गर्न अनुमति दिएको आरोप छ । वडा नं. २ का वडावासीहरुले नै यसको विरोध जनाएपछि प्रकरण बाहिरिएको छ ।
असार १५ बितिसक्दा कार्य सुरु गरिएको छ । असार २४ गतेसम्म मात्र भुक्तानीको प्रक्रिया हुनेछ । यसमा १० दिनमा निर्माण कार्य सम्पन्न गरी कागज मिलान गरी बजेट पचाउने दाउमा रहेको बुझिएको छ ।
धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामबति मण्डल यसलाई निगरानीमा राखेको बताईन् । वडाध्यक्ष साहले भने किसानहरुको लागि आकस्मिक काम गर्ने गरी नाला निर्माण गर्न लागेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…