भ्रष्टाचार विरुद्धको अभियान तताए औरही गापाका युवाहरु, दोश्रो चरणको नागरिक भेला सम्पन्न
न्यूज ब्यूरो | सिरहा, ३१ असार । सिरहाको औरही गाउँपालिकाका युवाहरुले थालेको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत दोश्रो चरणको नागरिक भेला कार्यक्रम शनिबार सम्पन्न गरेको छ । गापामा मौलाइरहेको भ्रष्टाचार रोक्नका स्वतन्त्र युवा समाज औरहीका युवाहरुले विभिन्न वडाहरुमा अभियान थालेका छन् । उक्त कार्यक्रममा

२०७५ असार ३१ आइतबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ३१ असार । सिरहाको औरही गाउँपालिकाका युवाहरुले थालेको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत दोश्रो चरणको नागरिक भेला कार्यक्रम शनिबार सम्पन्न गरेको छ । गापामा मौलाइरहेको भ्रष्टाचार रोक्नका स्वतन्त्र युवा समाज औरहीका युवाहरुले विभिन्न वडाहरुमा अभियान थालेका छन् ।
उक्त कार्यक्रममा भ्रष्टहरुलाई हदैसम्मको सजाय दिनुपर्ने माग गर्दै सयौं युवा बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । कायक्रममा वक्ताहरुले भ्रष्टाचारले नै देश विकासको गतिलाई उल्टो दिशामा लगेको बताउदै अब नागरिक स्तरवाट नै भ्रष्टाचार र भ्रष्टहरुको प्रतिरोध हुनुपर्ने बताए ।
जनचेतना युवा क्लबका लक्ष्मी प्रसाद यादवले यो अभियानले समाजको चेतना स्तरलाई अझ माथि उठाउँदै भ्रष्टाचार शून्य समाज बनाउन प्रेरित गर्दै सम्पूर्ण भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कारवाही गरिनुपर्ने बताउनुभयो ।
सहभागीहरुले भ्रष्टाचार विरुद्धको लडाईमा थप प्रतिवद्ध हुनुपर्ने माग राख्दै आगामी दिनमा समेत यस्तो अभियान हरेक क्षेत्रमा व्यापक रुपमा लैजाने सबै सहभागीहरुको माग रहेको थियो ।
कायक्रममा चर्चित नेतृ देबझारी देवी यादवले मन्तव्य राख्दै स्वतन्त्र युवा समाजलाई अगामीको कार्यक्रमहरु सार्बजनिक गर्न आग्रह समेत गरिन् । यस्ता अभियाममा सदैब साथ र सहयोग गर्ने उनी प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा सहभागी वक्ता तथा नागरीकसमाजले यूवाहरुको यो उदाहरणीय अभियानमा सदैब आफूहरुको साथ र समन्वय रहने प्रतिबद्धता प्रकट गरेका थिए ।
युवाहरु भ्रष्टाचार विरुद्धको अभियानसँगै हस्ताक्षर अभियान पनि चलाएका थिए । आर्थिक वर्ष २०७४÷०७५ को हरहिसाब सर्वजानिक गर्न हस्ताक्षर अभियानबाट संकलित जनहस्ताक्षर सहित आइतबार गाउँपालिकाको कार्यालयमा ज्ञापन–पत्र बुझाउने कायक्रम रहेको स्वतन्त्र युवा समाजका अध्यक्ष दिपेन्द्र यादवले जानकारी दिए । हरहिसाब पारदर्शी नगरी गाउँ परिषद गरे कडाभन्दा कडा जनदवाव कार्यक्रम गर्ने समेत उनले थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…