धनुषाधाम नगरपालिकाले ल्याए ५८ करोड बढी बजेट
नगर प्रमुख बालेश्वर मण्डलले नगरसभालाई सम्बोधन गर्दै स्थानीय विकासका कामलाई पारदर्शी, दिगो र जनतामुखी बनाउने प्रतिबद्धता जनाए। “नगरको समुन्नत विकास, सुशासन र जनहितका कामलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ,” उनले भने।

२०८२ असार ८ आइतबार, बिहान ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाबाट ५८ करोड बढी बजेट ल्याएको हो ।
उपप्रमुख विद्यादेवी भुजेलको विशेष आतिथ्यतामा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५८ करोड ४५ लाख ४३ हजार ३४१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक न्याय र समावेशीतालाई विशेष प्राथमिकता दिइएको छ।
उपप्रमुख भुजेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, तथा सामाजिक सुरक्षा भत्ता पाउने वर्गको अधिकार सुनिश्चित गर्न बजेटले टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।
प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले बजेट विवरण प्रस्तुत गर्दै गत वर्षका योजनाहरूको प्रगति विवरणसहित नयाँ योजनाहरूको कार्यान्वयन प्रक्रिया पनि स्पष्ट पार्नुभएको थियो।
नगर प्रमुख बालेश्वर मण्डलले नगरसभालाई सम्बोधन गर्दै स्थानीय विकासका कामलाई पारदर्शी, दिगो र जनतामुखी बनाउने प्रतिबद्धता जनाए। “नगरको समुन्नत विकास, सुशासन र जनहितका कामलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ,” उनले भने।
नगरसभामा वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूद्वारा बजेट र कार्यक्रमप्रति सकारात्मक धारणा राख्दै योजनाहरू प्रभावकारी कार्यान्वयनको माग गरिएको थियो।
धनुषाधाम नगरपालिकाले आगामी वर्षलाई ूसशक्त स्थानीय सरकार, समृद्ध नगरू नाराका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नगरसभा सम्पन्न गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…