कमला नगरपालिका वडा नं. ३ का क्रिकेट खेलाडीहरुलाई वडाध्यक्षको जर्सी
जर्सी वितरण कार्यक्रममा वडासदस्य निर्मला मण्डल, मुली देवी यादव, वडासचिव राजकुमार राय, वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नं. ८ का वडाध्यक्ष तृपित भुडेर यादव, जिन्सी शाखा प्रमुख युगलकिशोर यादव लगायतको रोहबर थियो ।

२०८२ असार ५ बिहीबार, बिहान ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिका वडा नं. ३ का होनहार क्रिकेट खेलाडीहरूलाई खेलकुद क्षेत्रमा थप प्रोत्साहन दिन वडाध्यक्षले खेलाडीहरूलाई जर्सी वितरण गरेका छन्। एक विशेष कार्यक्रमकाबीच वडाध्यक्ष रामभगत यादव (भक्ति) ले क्रिकेट टोलीका सदस्यहरूलाई पूर्ण सेट जर्सी हस्तान्तरण गरेका हुन्।
कार्यक्रम वडा कार्यालय परिसरमै आयोजना गरिएको थियो, जसमा वडा सदस्य, स्थानीय युवा, खेलप्रेमी तथा समाजसेवीहरूको उपस्थिति थियो। ब्याट, बल र जर्सी एकसाथ प्रदान गरिएको हो ।
वडाध्यक्षले खेलाडीहरूलाई शुभकामना दिँदै भने, “खेलकुदले युवामा अनुशासन, आत्मविश्वास र स्वास्थ्यप्रतिको चेतना बढाउँछ। हाम्रो वडा क्रिकेटमा निकै प्रतिभाशाली युवाले प्रतिनिधित्व गरिरहेको छ। आगामी दिनमा यस्ता प्रयासलाई थप संस्थागत र सहयोगी बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।”

क्रिकेट टोलीका कप्तानले धन्यवाद ज्ञापन गर्दै भने, “स्थानीय सरकारको यस्तो सहयोगले हामीलाई झन हौसला मिलेको छ। हामी भविष्यमा पनि राम्रो प्रदर्शन गरेर वडाको नाम उज्यालो पार्नेछौं।”
कार्यक्रममा वडास्तरीय खेल प्रतियोगिता आयोजनाका लागि योजना निर्माण तथा स्थानीय युवा क्लबहरूसँग सहकार्य गर्ने सम्बन्धमा पनि छलफल गरिएको थियो।
यस किसिमका सहयोगहरूले स्थानीय युवा प्रतिभालाई पहिचान दिनुका साथै उनीहरूको भविष्य निर्माणमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
जर्सी वितरण कार्यक्रममा वडासदस्य निर्मला मण्डल, मुली देवी यादव, वडासचिव राजकुमार राय, वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नं. ८ का वडाध्यक्ष तृपित भुडेर यादव, जिन्सी शाखा प्रमुख युगलकिशोर यादव लगायतको रोहबर थियो ।
नगरपालिकाले आयोजना गर्न लागेको प्रथम मेयर कप क्रिकेटको लागि टिम तयार पार्दै जर्सी वितरण गरिएको वडाध्यक्ष यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…