जनकपुरमा साह केबलले ल्यायो HD च्यानल , अब च्यानल Full HD र डिजिटल Quality.
न्यूज ब्यूरो | जनकपुरधाम, २९ असार । प्रतिक्षामा रहेका जनकपुरवासीहरु अब टिभी एचडी क्वालीटीमा हेर्न पाउने भएका छन् । जनकपुर बाहेक अन्य शहरहरुमा समेत टिभीमा एचडी च्यानल सँचालन गरिएपनि जनकपुरमा भने एचडी च्यानल सँचालन भएको थिएन । साह केबलले आफ्ना ग्राहकहरुलाई टिभीमा सेटअप बक्स मार्फत एचडी डिजिटल पिक्चर क

२०७५ असार २९ शुक्रबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २९ असार । प्रतिक्षामा रहेका जनकपुरवासीहरु अब टिभी एचडी क्वालीटीमा हेर्न पाउने भएका छन् ।
जनकपुर बाहेक अन्य शहरहरुमा समेत टिभीमा एचडी च्यानल सँचालन गरिएपनि जनकपुरमा भने एचडी च्यानल सँचालन भएको थिएन ।
साह केबलले आफ्ना ग्राहकहरुलाई टिभीमा सेटअप बक्स मार्फत एचडी डिजिटल पिक्चर क्वालिटी देखाइने जनाइएको छ ।
१ सय ५० च्यानलभन्दा माथि च्यानल मात्र २ सय ५० रुपैयाँमा हेर्न पाउने भएको छ ।
साह केबलका सँचालक बैद्यनाथ साहले न्यूज ब्यूरोसँग कुराकानी गर्दै भने, "सुरुमा साह केबलद्धारा सेटअप बक्स जडान गराए वापत ७ सय ६५ रुपैयाँ मात्र लाग्ने छ । त्यसपछि ७ सय ६५ रुपैयाँ जोड गरी ३ महिनाको समेत कट्टा गरिने छ । अर्थात् १ हजार ५ सय ३० रुपैयाँ जडान गरेपछि ३ महिनासम्म शुल्क नलाग्ने तथा ततपश्चात् प्रति महिना २ सय ५० रुपैयाँ शुल्क लाग्ने छ , जसमा १ सय ५० भन्दा माथि च्यानहरु फुल एचडी र डिजिटल सफा सुग्धर देखिने छ ।"
हजारौँ ग्राहक रहेको साह केबलको यो प्रविधिपछि ग्राहकहरुबीच लोकप्रियता सहित ग्राहकलाई टिभीको मज्जा हुने बताइएको छ ।
डिसमा च्यानल झिलीमिली झिलीमिलीलाई परास्त गर्दै शुद्ध, सफा र एचडी क्वालीटि हेर्न पाउने भएको छ ।
कम शुल्कमा एचडी च्यानल प्रदान गर्ने जनकपुरमा साह केबल पहिलो केबल बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…