जनकनन्दिनी गाउँपालिकाबाट स्वरोजगारको लागि अनुदान प्राप्त गर्न आवेदन खुला
गाउँपालिकाले योग्य र इच्छुक व्यक्तिहरूलाई यो अवसर सदुपयोग गर्न आह्वान गरेको छ। व्यवसायिक सोच भएका व्यक्तिहरूको लागि यो कार्यक्रम महत्वपूर्ण अवसर सावित हुन सक्छ।

२०८२ जेठ ३० शुक्रबार, बिहान ८:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम, धनुषा | जनकनन्दिनी गाउँपालिका, खजुरीले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत सशर्त कार्यक्रम अन्तर्गत स्वरोजगारको अवसर प्रदान गर्ने उद्देश्यले अनुदानको लागि आवेदन आह्वान गरेको छ।
"बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई स्वरोजगारका लागि आर्थिक सहयोग" शीर्षक कार्यक्रम अन्तर्गत सो अनुदान प्रदान गरिनेछ।
गाउँपालिकाले बैदेशिक रोजगारबाट फर्केका वा नयाँ स्वरोजगारको योजना बनाएका स्थानीयहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न आर्थिक सहायतास्वरूप अधिकतम रु ५०,००० सम्मको अनुदान उपलब्ध गराउने जानकारी दिएको छ।
अनलाइन आवेदन ७ दिनभित्र गर्नुपर्ने
इच्छुक व्यक्तिहरूले जनकनन्दिनी गाउँपालिकाको वेबसाइट https://janaknandinimun.gov.np मा गएर अनलाइन आवेदन दिनुपर्नेछ। सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा व्यवसायको योजना स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
को को आवेदन दिन सक्ने?
बैदेशिक रोजगारबाट फर्केका, स्वरोजगारमा संलग्न वा नयाँ स्वरोजगार शुरु गर्न चाहने व्यक्ति जसले आफ्नो व्यवसाय विस्तार गर्न चाहन्छन्, ती सबैले यो अवसरको लागि आवेदन दिन सक्नेछन्।
सम्पर्क व्यक्ति:
अनुदानसँग सम्बन्धित थप जानकारीका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ:
-
हरिशंकर पासवान (परिवार परामर्शकर्ता अधिकारी): ९८०७०६३१८१
-
बिनिता कुमारी महतो (रोजगार परामर्शकर्ता): ९८४२८०३९४५
-
जय जय राम कुमार चौधरी (सामाजिक परिचालक): ९८०१२३३३३६
-
कृति कुमारी चौधरी (सामाजिक परिचालक): ९८००६५१३५३
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…