मोरँगको रंगेलीमा सशस्त्र प्रहरीको २०० जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा, विद्यार्थीलाई सीमा सुरक्षा प्रशिक्षण
मोरङको रंगेलीमा आयोजित स्वास्थ्य शिविरमा ५७ जना पुरुष र १४३ जना महिला गरी २०० जना जेष्ठ नागरिकले सेवा लिएका छन्। शिविरमा सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रा.स.प्र.नि. डा. मदन कुमार यादवको कमाण्डमा ६ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो।स्वास्थ्य सेवा जाँच, सामान्य उपचार, औषधि वितरण र स्वास्थ्य परामर्श प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

२०८२ जेठ २७ मंगलबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । “सुरक्षित सीमा सुरक्षित जीवन” अभियान अन्तर्गत रंगेली नगरपालिका–४ स्थित श्री गणेश माध्यमिक विद्यालयमा जेष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर र विद्यार्थीहरूलाई सीमा सुरक्षासम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय, सुनसरीको आयोजनामा र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा सञ्चालन भएको उक्त अभियान २०८२ जेष्ठ २५ गतेदेखि २०८२ असार ४ गते रंगेलीमा कार्यक्रम गरिएको हो भने इलाम, झापा र सुनसरीका सीमावर्ती क्षेत्रमा सञ्चालन हुने जनाएको छ।
मोरङको रंगेलीमा आयोजित स्वास्थ्य शिविरमा ५७ जना पुरुष र १४३ जना महिला गरी २०० जना जेष्ठ नागरिकले सेवा लिएका छन्। शिविरमा सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रा.स.प्र.नि. डा. मदन कुमार यादवको कमाण्डमा ६ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो।स्वास्थ्य सेवा जाँच, सामान्य उपचार, औषधि वितरण र स्वास्थ्य परामर्श प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सोही दिन विद्यालयका विद्यार्थीलाई सीमा, सीमावर्ती क्षेत्र, सीमा सुरक्षा, अपराध, सीमा स्तम्भ, दशगजा, तस्करी र लागुऔषध सम्बन्धी विषयमा एक दिने सचेतनामूलक प्रशिक्षण पनि प्रदान गरिएको थियो। प्रशिक्षण सशस्त्र प्रहरी डिएसपी हेम पौडेलले दिएका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण टंकीका डिएसपी वीरेन्द्र खनाल र बोर्डर आउट पोस्ट रंगेलीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नारायण उप्रेती सहितको टोली सहभागी थियो।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई स्वास्थ्य सेवा, सुरक्षा चेतना र आपराधिक गतिविधिबाट सुरक्षित राख्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…