नेपाल लिग-२ मा अपराजित यात्रा जारी राख्दै, आज पुनः स्कटल्याण्डसँग भिड्दै
नेपालका लागि आजको खेल फेरि एकपटक आत्मविश्वास परीक्षणको अवसर मात्र होइन, तालिकामा माथि उक्लिने सुनौलो मौका पनि हो। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा नेपाली टोली आजको खेलमा पनि उत्साहका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। अब हेर्न बाँकी छ — के नेपालले आज पनि आफ्नो अपराजित

२०८२ जेठ २५ आइतबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २५ जेठ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत चलिरहेको त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच पुनः रोमाञ्चक भिडन्त हुँदैछ। नेपाली क्रिकेट टोलीले सिरिजमा अपराजित यात्रा कायम राख्दै तेस्रो खेलमा स्कटल्याण्डको सामना गर्न लागेको हो। खेल नेपाली समयअनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ।
नेपालले यसअघि स्कटल्याण्डविरुद्ध पहिलो खेलमा अन्तिम बलसम्म पुगेको रोमाञ्चक मुकाबिलामा १ विकेटको नाटकीय जित निकालेको थियो। त्यसपछि नेदरल्याण्ड्ससँगको खेलमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेटको सहज जित हात पारेको थियो।
त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आगामी बिहीबार नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ। यस सिरिजमा अहिलेसम्म दुई खेल जित्दै नेपालले शानदार लय बनाएको छ।
लिग-२ को अवस्था
लिग-२ को अंक तालिकामा हाल नेपाल १४ खेलमा १० अंक जोड्दै सातौं स्थानमा छ। नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलमा १४ अंक जोडेको छ। लिगको पुछारमा युएई रहेको छ, जसले १६ खेलमा जम्मा ६ अंक मात्र बटुलेको छ।
शीर्ष स्थानमा रहेको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले २२ खेलबाट २६ अंक जोडेको छ। त्यस्तै, ओमान तेस्रो स्थानमा २४ अंकसहित, स्कटल्याण्ड चौथो स्थानमा २२ अंकसहित र क्यानडा पाँचौं स्थानमा २० अंकसहित रहेका छन्।
नेपालका लागि आजको खेल फेरि एकपटक आत्मविश्वास परीक्षणको अवसर मात्र होइन, तालिकामा माथि उक्लिने सुनौलो मौका पनि हो। कप्तान रोहित पौडेलको नेतृत्वमा युवा नेपाली टोली आजको खेलमा पनि उत्साहका साथ मैदान उत्रने अपेक्षा गरिएको छ।
अब हेर्न बाँकी छ — के नेपालले आज पनि आफ्नो अपराजित यात्रा कायम राख्नेछ, वा स्कटल्याण्डले बदला लिँदै तालिका सुधार्नेछ ?
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…