जनकनन्दिनीमा छैठौँ अध्यक्ष गोल्डकप सुरु, अध्यक्ष यादवले भने– 'फुटबल खेलले युवा पुस्तामा उत्साह भर्छ'
उदघाट खेलमा सल्हेश टीम टाई ब्रेकमा जित हाँसिल गरे । दोस्रो खेल अन्तर्गत हेटौडा र वीरगँज युनाइटेबीच भएको हो । सो क्रममा हेटौडा १-० गोलान्तरले विजयी भए । दिउँसो ३ बजेदेखि चल्ने फुटलब म्याच अन्तर्गत भोली शनिबार आयोजक टीम र कटारीबीच प्रतिस्पर्धा हुनेछ ।

२०८२ जेठ २३ शुक्रबार, राति ९:१५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, असार ३ | जनकनन्दिनी गाउँपालिकामा ‘छैठौँ अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता २०८१’ भव्य रूपमा सुरु भएको छ।
गाउँपालिकाको आयोजना र महावीर स्पोर्ट्स क्लब, खजुरीको समन्वय तथा व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगितामा ८ वटा टिम सहभागी छन्। प्रतियोगिता आगामी आईतबारसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले युवालाई खेलतर्फ आकर्षित गराउन र सामाजिक सद्भाव सुदृढ गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए। उनले भने-
"खेलकुद भनेको अनुशासन, सहकार्य र स्वास्थ्यको प्रतीक हो। हाम्रो गाउँपालिकामा यस्ता प्रतियोगिताको निरन्तरता हुनु गर्वको विषय हो। फुटबलजस्ता खेलले युवा पुस्तामा नयाँ जोश, उमंग र देशप्रतिको प्रतिबद्धता जगाउँछ। हामी चाहन्छौं– हाम्रा युवाहरू मैदानमा पसिना बगाएर राष्ट्रको गौरव बढाऊन्।"
"जनकनन्दिनी गाउँपालिका खेलकुद विकासमा अग्रसर छ। आगामी दिनमा अझ संरचित र दीगो खेल कार्यक्रम ल्याउने हाम्रो प्रतिबद्धता छ।"
यस प्रतियोगितामा गाउँपालिका कमला सहगलका साथै सबै वडाध्यक्षको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा स्थानीयवासी, युवा, खेलप्रेमी, समाजसेवी तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

महावीर स्पोर्ट्स क्लब, खजुरीका प्रतिनिधिहरूले यस प्रतियोगिता सफल बनाउन सबैको सक्रिय सहयोगको अपेक्षा व्यक्त गर्दै नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए।
प्रतियोगिता भैरहेको मैदान उत्साही दर्शकहरूले भरिएको थियो। उद्घाटन खेलमा सिरहा र गाईघाटको टीमबीच प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको थियो, जसले प्रतियोगिताको स्तर उचो बनाएको छ।
उदघाटन खेलमा सल्हेश टीम टाई ब्रेकमा जित हाँसिल गरे । दोस्रो खेल अन्तर्गत हेटौडा र वीरगँज युनाइटेबीच भएको हो । सो क्रममा हेटौडा १-० गोलान्तरले विजयी भए । दिउँसो ३ बजेदेखि चल्ने फुटलब म्याच अन्तर्गत भोली शनिबार आयोजक टीम र कटारीबीच प्रतिस्पर्धा हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…