कमला नपाका युवायुवतिहरुलाई विपद् व्यवस्थापनको तालिम सुरु, प्रदेशमै पहिलो 

२०८२ जेठ १९ आइतबार
बेलुकी ७:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा युवा युवतिहरुलाई विपद् व्यवस्थापन सम्बन्धी स्वयंसेवक तालिम दिइरहेको छ । 

आईतबार एक समारोहबीच २१ दिने तालिमको उद्घाटन गरिएको छ । कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा सो विपद् व्यवस्थापनको तालिम सुरु भएको हो । 

कमला नगरपालिकाको ९ वटै वडाबाट ईच्छुक युवायुवतिहरुलाई तालिममा सहभागी गराइएको छ । विपद्को समयमा सुरक्षाकर्मीको साथै स्थानीय स्तरमा सुरक्षाकर्मी उपलब्ध नभएको बेलामा स्वयंसेवकले तालिम प्राप्त गरी समाजको सेवामा अग्रसर हुने लक्ष्य लिएको नगर प्रमुख यादवले बताए । 

शसस्त्र प्रहरी बल ८ नं. गण हेडक्वाटरका एसपी निर्मल खड्काको विशेष उपस्थितिमा २१ दिने तालिमको श्रीगणेश गरिएको हो । सो क्रममा बोल्दै एसपी खड्काले यहाँका युवायुवतिहरुले विपद् परेको बेला सहयोग गर्ने, सुरक्षा गर्ने र जोखिम न्यूनिकरण गर्ने दक्षता हाँसिल गर्ने बताए । उनले बाढी, आगलागी जस्ता घटनामा स्वयंसेवकहरुले सशस्त्र प्रहरीको विपद् दक्षता जस्तै तालिम पाउने बताए । 

सशस्त्र प्रहरी बल बेस क्याम्प दुबरकोट हथलेटवाका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक हेमन्त लिम्बुको विशेष अग्रसरतामा सो तालिम सुरु भएको हो । लिम्बुले सो तालिमको नीरिक्षण र कमाण्ड गर्ने जनाइएको छ ।

सशस्त्र प्रहरी बल दुबरकोटले तालिममा सहभागी युवा युवतिहरुलाई विपद्सँग लडने प्रशिक्षण दिने भएको छ । प्रशिक्षार्थीहरुको खाजा खानाको व्यवस्था बेस क्याम्पमै गरिने जनाइएको छ । 

तालिम उदघाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नं. २ का ठकु यादव, वडा नं. ३ का रामभगत यादव, वडा नं. ५ का शिवा पासवानसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार मिश्र, योजना शाखा प्रमुख बीरेन्द्र कुमार सढानको विशेष उपस्थिति रहेको थियो । 

  • 14%
  • 7%
  • 14%
  • 0%
  • 0%
  • 0%

Bureau Menus