
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आगामी आर्थिक बर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले १९ खर्ब बढिको बजेट सार्वजनिक गर्नुभएको हो । कुल बिनियोजनमध्ये चालू तर्फ ११ खर्ब ८० अर्व ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत र पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २० दशमलव ८ प्रतिशत रहेको उहाले बताउनुभयो । त्यस्तै वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९ दशमलव १ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । उहाँले कुल बिनियोजनमा प्रदेश र स्थानीय तहमा बित्तिय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ बिनियोजन गरिएको बताउनुभयो ।
बजेटको खर्च व्यहोर्ने स्रोतमा राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड परिचालन गरिने र बाँकी आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
निति कार्यक्रममा युवालाई २ लाखदेखि २० लाखसम्म बिना धितोको ऋण दिने नीति लागू हुने भएको छ ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८२ जेठ १६ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्