जनकनन्दनीमा प्रथम उपाध्यक्ष फुटबल टुर्नामेन्ट , भूतपूर्व खेलाडीहरु सम्मानित
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादव, सशस्त्र प्रहरीका प्रहरी नीरिक्षक, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक, महावीर स्पोर्टस क्लबका पदाधिकारी, समाजसेवी, विद्यार्थीहरुको सहभागीता रहेका थियो ।

२०८२ जेठ १५ बिहीबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ

जनकपुधाम , जेठ १५ । जनकनन्दनी गाउँपालिकाको आयोजनामा प्रथम उपाध्यक्ष फुटबल टुर्नामेन्ट सुरु भएको छ ।
प्रथम उपाध्यक्ष फुटबल टुर्नामेन्ट अन्तर्गत बुधबार एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा विभिन्न क्षेत्रका भूतपूर्व खेलाडीहरूलाई सम्मान गरिनुको साथै तीनवटा माध्यमिक विद्यालयका खेलाडीहरूलाई नयाँ जर्सी वितरण गरिएको हो।
प्रतियोगितामा ४ वटा टिमहरू सहभागी भएका छन् र खेलहरू तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ। खेलकुद गतिविधिका माध्यमबाट युवाहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वाससाथ गाउँपालिकाले यो प्रतियोगिता आयोजना गरेको हो।
अध्यक्ष, उपाध्यक्ष र अन्य जनप्रतिनिधिहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले भूतपूर्व खेलाडीहरूको योगदानको चर्चा गर्दै उनीहरूको सम्मानले नयाँ पुस्तामा प्रेरणा दिने बताए।

खेल तालिका अनुसार प्रत्येक दिन दुईवटा खेलहरू आयोजना गरिने छन् भने विजेता टिमलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जानकारी आयोजक समितिले दिएको छ।
खेलकुद कार्यक्रमले गाउँपालिकामा खेलप्रेमी युवाहरूको मनोबल उच्च बनाउनुका साथै स्थानीय प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्य राखेको उपाध्यक्ष कमला सहगलले बताइन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास,नगरपालिकाका कर्मचारीहरु, वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादव, सशस्त्र प्रहरीका प्रहरी नीरिक्षक, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक, महावीर स्पोर्टस क्लबका पदाधिकारी, समाजसेवी, विद्यार्थीहरुको सहभागीता रहेका थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…