धनुषाको विद्यालयमा मारवाडी युवा मञ्चको सहयोग
मञ्चका अध्यक्ष सिघनियाले विद्यालयमा विद्यार्थीको लागि डेस्क बेन्च नहुँदा भुइँमा बसेर पढ्नुपर्ने वाध्यता रहेकाले बस्नका लागि त्रिपाल र वर्षाको सिजन भएकाले हरेक विद्यार्थीलाई छातासमेत वितरण गरिएको जानकारी दिए ।

२०८२ जेठ १४ बुधबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मारवाडी युवा मञ्च जनकपुरले गरीब, निम्नवर्ग तथा विपन्न विद्यार्थी अध्ययनरत धनुषाको एक विद्यालयमा बुधबार शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ ।
धनुषाको मुखियापटी मुसर्निय गाउपलिकको खतवैयास्थित एकल विद्यालयमा अध्यनरत द्दछ जना विद्यार्थीलाई कापी किताब राखने ब्याग, कापी, पेन्सिल लगायतका सामाग्री वितरण गरिएको छ।
मारवाडी मञ्चका अध्यक्ष राहुल सिंघानियाका अनुसार विद्यार्थीलाई खेलकुद सामग्रीमा फुटबल, क्यारम बोर्ड, लुडो र ब्याडमिन्टनसमेत वितरण गरिएको छ।
विद्यालयकी शिक्षिका विमला साहले विद्यार्थीलाई अध्ययनका लागि मारवाडी युवा मञ्चले व्हाइट बोर्ड, डस्टर र मार्कर समेत हस्तान्तरण गरेको बताइन् ।
मञ्चका अध्यक्ष सिघनियाले विद्यालयमा विद्यार्थीको लागि डेस्क बेन्च नहुँदा भुइँमा बसेर पढ्नुपर्ने वाध्यता रहेकाले बस्नका लागि त्रिपाल र वर्षाको सिजन भएकाले हरेक विद्यार्थीलाई छातासमेत वितरण गरिएको जानकारी दिए ।
मञ्चका अध्यक्ष सिंघानियाले समाजसेवाको क्षेत्रमा मारवाडी युवा मञ्चले निरन्तर सहयोग जारी राख्ने बताए । उनले विद्यालयमा पढाइसंग असल संस्कार पनि सिकाउनु पर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…