पत्रकारहरुलाई धम्की दिएपछि चौतर्फी घेरिए सिरहाका मेयर यादव, चौतर्फी आलोचना
सोही सन्दर्भमा सिरहाका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सिरहामा मेयरविरुद्ध एक्सन लिन ज्ञापन पत्र बुझाएका छन् । मेयरको बोली र शैली अराजक रहेको भन्दै उनलाई कारवाहीको माग गरिएको हो ।

२०८२ जेठ १४ बुधबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा नगरपालिकाका मेयर डा. नबिन यादवले सिरहाका पत्रकारहरुलाई समाजिक सँजालमा धम्की दिएपछि चौतर्फी घेरिएका छन् ।
सिरहा नगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली छापा हानेपछिको समाचार प्रकाशित भएपछि मेयर यादवले सोही निँहुमा पत्रकारहरुलाई धाकधम्की दिएपछि चौतर्फी घेरिएका छन् ।
सिरहाका पत्रकारहरुले समाचार प्रकाशन गरेपछि समाजिक सँजाल फेसबुकमा उनले धम्कीपूर्ण शब्दहरु लेखेका छन् । उनले पत्रकारलाई कोसँग पाला परेको भनेर देखाइदिने जस्ता धम्की लेखेपछि पत्रकार महासंघ सिरहा शाखा, प्रदेश शाखा र केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गरी पत्रकारमाथि धम्कीपूर्ण शब्द प्रयोग गर्ने मेयरमाथि कानुनी कारवाही गर्न माग गरिएको हो ।
सोही सन्दर्भमा सिरहाका पत्रकारहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सिरहामा मेयरविरुद्ध एक्सन लिन ज्ञापन पत्र बुझाएका छन् । मेयरको बोली र शैली अराजक रहेको भन्दै उनलाई कारवाहीको माग गरिएको हो ।
सिरहा नगरपालिकामा अख्तियारको छापामारी भएको थियो । सोही समाचार प्रकाशन गरेपछि ईज्जत जाने डरले मेयर आक्रोसित बनेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…