कर्जन्हा नगरपालिकाको कार्यालयमा आगजनी
न्यूज ब्यूरो | सिरहा, २७ असार । सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ । गएराति करिब १ बजे अपरिचित समुहले आगजनी गरेको हो । आगजनीबाट नगरपालिकाको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कार्यालयभित्र रहेका सबै सरसामानहरू जलेर नष्ट भएका छन् । आगजनी हुँदा नगरपालिकाको दैनिक कामकाज प्रभा

२०७५ असार २७ बुधबार, दिउँसो २:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २७ असार । सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ । गएराति करिब १ बजे अपरिचित समुहले आगजनी गरेको हो ।
आगजनीबाट नगरपालिकाको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कार्यालयभित्र रहेका सबै सरसामानहरू जलेर नष्ट भएका छन् । आगजनी हुँदा नगरपालिकाको दैनिक कामकाज प्रभावित भएको छ ।
स्थानीयका अनुसार हिजो राती करिब ९ बजेतिर गुण्डाशैलीमा आएको १५—२० एक समूहले बस्तीपुरबासी उपर आक्रमण गर्न खोजेपछि स्थानीय यूवाहरुले उनीहरुलाई खेदेर भगाएका थिए । उक्त घटनापछि कर्जन्हाको बगहा स्थित रहेको नगरपालिकाको कार्यालयमा आगजनी भएको हो ।
आगजनीका कारण कार्यालयको फर्निचरहरु समेत जलेको छ । आगजनीमा संलग्न समुहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…