जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छः लिँग्देन
अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरिको परिवर्तन महशसु गर्न नपाउने धारणा राखे । उनले देश बिग्रिए केपी ओली, शेर बहादुर देउवा वा प्रचण्डको केहि नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

२०८२ जेठ १३ मंगलबार, बिहान ६:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित युवासंग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० बर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकैदिनमा समाप्त हुने बताएको हो । भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए ।
अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरिको परिवर्तन महशसु गर्न नपाउने धारणा राखे । उनले देश बिग्रिए केपी ओली, शेर बहादुर देउवा वा प्रचण्डको केहि नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…