कमला नपाको ९ मा बर्थिङ्ग सेन्टर सँचालनमा, प्रसुतिलाई एम्बुलेन्स पूर्ण निःशुल्क हुने मेयरको घोषणा
नगरपालिकाका स्वास्थ्य शाखा सँयोजक रामकुमार ठाकुरले सँचालन गरेको सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिकाका अधिकृत सँतोष कुमार मिश्र, योजना शाखा प्रमुख बीरे्न्द्र कुमार सढान, स्वास्थ्य चौकीका कर्मचारी, विभिन्न स्वास्थ्यचौकीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२०८२ जेठ ११ आइतबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. ९ मा बर्षौपछि बर्थिङ्ग सेन्टर सँचालनमा आएको छ ।
आईतबार एक समारोहबीच वडा नम्बर ९ को दुबरकोटस्थित बर्थिङ्ग सेन्टर सँचालनमा आएको हो । वडा नं. ९ का वडाध्यक्ष रणवीर सिँह मण्डलको अध्यक्षता तथा नगर प्रमुख विशेश्वर यादवको प्रमुख आतिथ्यमा सम्पन्न समारोहबीच बर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको हो ।
नगर प्रमुख विशेश्वर यादव र उपप्रमुख शिलादेवी मण्डलले सँयुक्त रुपमा रिबन काटेर उदघाटन गरेका हुन् । सो समारोहमा वडा नं. ९ स्वास्थ्य चौकीका ईन्चार्ज, कर्मचारी, बर्थिङ्ग सेन्टरका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
उदघाटन गर्दै मेयर यादवले कमला नगरपालिकाभरि बर्थिङ्ग सेन्टरमा प्रसुति गराउन आउने महिलालाई एम्बुलेन्स पूर्णतः निःशुल्कको घोषणा गरे । उनले यो निर्णय आजैदेखि कार्यन्वयनमा आएको सुनाए ।
उनले नगरपालिकाको विभिन्न वडामा रहेको कुनै पनि बर्थिङ्ग सेन्टरमा प्रसुति गराए एम्बुलेन्स निःशुल्क हुने बताउँदै रिफरको आवश्यकता भएपनि जनकपुरसम्म निःशुल्क एम्बुलेन्स प्राप्त हुने जानकारी दिए ।

सो क्रममा उपमेयर शिला देवी मण्डलले वडा नं. ९ आफ्नो गाउँ रहेको र २०७४ सालदेखि नै यहाँ बर्थिङग सेन्टर निर्माणको लागि प्रयास गरेको बताउँदै झण्डै ७ बर्षपछि सपना साकार भएको भन्दै मेयर यादवप्रति कृतज्ञता प्रकट गरिन् ।
नगरपालिकाका स्वास्थ्य शाखा सँयोजक रामकुमार ठाकुरले सँचालन गरेको सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिकाका अधिकृत सँतोष कुमार मिश्र, योजना शाखा प्रमुख बीरे्न्द्र कुमार सढान, स्वास्थ्य चौकीका कर्मचारी, विभिन्न स्वास्थ्यचौकीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बर्थिङ्ग सेन्टरमा तत्काल तीन वटा बेड राखिएको छ भने एक सघन कक्ष समेत राखिएको छ । मँगराहा, सखुवा मडान, लक्कड, टरियाका प्रसूति महिलाले लाभ उठाउन सकिने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…