दारु पसलमा घुमुवा प्रहरीको पैसाबाला टिकटोक भिडियो भाइरल, प्रहरी आचरणमाथि प्रश्न
नेपाल प्रहरीजस्तो अनुशासित निकायका सदस्यबाट यस्तो गैरजिम्मेवार गतिविधि हुनु संस्थाको छविमाथि गम्भीर असर पार्ने विषय हो। प्रहरी संगठनले यस घटनाप्रति के कदम चाल्छ भन्ने प्रतीक्षा गरिएको छ।

२०८२ जेठ ११ आइतबार, बिहान ९:२७ बजे२ मिनेट पढाइ

सर्लाही, ११ जेष्ठ । सर्लाही प्रहरीका हबलदार रामसेवक ठाकुर (घुमुवा) त्रिभुवन नगरको एक रक्सी पसलमा पैसा खेलाउदै गरेको तस्वर यतिखेर भाइरल बनेका छन् ।
प्रहरी हवलदार (घुमुवा प्रहरी) ठाकुरको प्रहरी आचरणको बर्खिलापमा गएर भाईरल भएको उक्त तस्वीरको वास्तविक्ता बुझ्दै जाँदा आज भन्दा ६ महिना पुरानो तस्वीर भएको भेटियो ।
उक्त रक्सी पसलमा बसेर प्रहरी हवलदार ठाकुर हजारको नोट गन्दै टिकटक बनाएको भिडियो प्राप्त भएको छ । “उक्त भिडियोमा भन्न खोजिएको छ की, पैसा कमाउन थालेपछि घरमा पनि इज्जत पाईन्छ, राम्रोको सबै साथी हुन्छ तर विग्रीएका कोही पनि हुदैन” बोलको गितमा टिकटक बनाएर अपलोड गरेको पुष्टि भएको छ ।
तर जे सुकै भएपनि नेपाल प्रहरी एउटा समाज सुधार एवं अपराध नियन्त्रण सहितका विभिन्न सकारात्मक कार्यका लागि आफनो पहिचान कायम गरेको भएपनि रक्सी पसलमा बसी, पैसा गन्दै टिकटक बनाउने कार्य प्रहरी संगठन विपरित भएको देखिन्छ ।
छानबिनमा खुलेको छ — उक्त भिडियो ६ महिना पुरानो हो, तर यसले देखाउँछ — प्रहरी संगठन भित्रको अनुशासन संकटमा छ। प्रश्न उठ्छस् यस्तो अनुशासनहीनता हुने ठाउँमा, तस्करीजस्तो अपराध कसरी नियन्त्रण हुन्छ ? प्रहरी सेवामा अनुशासित र संगठनप्रति कर्तव्यनिष्ट बन्नुपर्ने तर यहाँ दृष्य अर्कै देखियो ।
तस्करीको खुलेआम सञ्जाल
भारतसँग सीमा जोडिएको सर्लाहीका त्रिभुवननगर, पर्सा, लचका, भाँडसर, गोरखकाली, सिमरा लगायतका नाकाहरूबाट दैनिक हजारौँ मूल्य बराबरको सामान राजस्व छलेर नेपाल भित्रिने र यहाँबाट मदिरा, मकै, प्रतिबन्धित औषधिहरू भारत पठाइने क्रम रोकिनुको साटो तिव्र गतिमा बढ्दो छ।
स्रोतहरू भन्छन् – “स्थानीय राजनीतिक संरक्षण, प्रहरी–प्रशासनको सेटिङ, र भन्सार कार्यालयको कमजोरीकै कारण तस्करीको कारखाना खुलेआम संचालन भइरहेको छ।”
तस्करी सर्लाहीको सीमामा मात्र नभई, स्थानीय सत्ताको संरक्षणमा संस्थागत व्यापारजस्तो बनेको छ। यो व्यापारले न त राज्यलाई राजस्व दिन्छ, न त समाजलाई शान्ति। उल्टैः राज्यसंयन्त्रको पतन, सुरक्षाकर्मीको पतनशीलता र संगठित अपराधको सशक्तिकरण मात्र दिन्छ।
नेपाल प्रहरीजस्तो अनुशासित निकायका सदस्यबाट यस्तो गैरजिम्मेवार गतिविधि हुनु संस्थाको छविमाथि गम्भीर असर पार्ने विषय हो। प्रहरी संगठनले यस घटनाप्रति के कदम चाल्छ भन्ने प्रतीक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…