AI बाट बनाएको फेक भिडियो समाजिक सञ्जालमा भाईरल, सँचारमाध्यहरु पनि झुक्किएपछि !
न्यूज ब्यूरो, जनकपुरधाम । अहिले समाजिक सँजालमा एउटा AI Generated भिडियो भाईरल बनेको छ । जसमा केही व्यक्तिहरु ट्रयाक्टरको पछाडी र छेउबाट धक्का दिइरहेको छ । वास्तवमा यो भिडियो अरिजनल नै हो, तबसम्म मात्र जबसम्म ट्रयाक्टर जमिनमुनी भाँसिएको छ र छेउका मान्छेहरु गायब भएको छ । यसलाई आर्टिफिसियल इन्टेलिजेन्स

२०८२ जेठ ९ शुक्रबार, दिउँसो ३:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अहिले समाजिक सँजालमा एउटा AI Generated भिडियो भाईरल बनेको छ । जसमा केही व्यक्तिहरु ट्रयाक्टरको पछाडी र छेउबाट धक्का दिइरहेको छ ।
वास्तवमा यो भिडियो अरिजनल नै हो, तबसम्म मात्र जबसम्म ट्रयाक्टर जमिनमुनी भाँसिएको छ र छेउका मान्छेहरु गायब भएको छ । यसलाई आर्टिफिसियल इन्टेलिजेन्सबाट निर्माण गरिएको छ ।
कुनै ठाउँको एक भिडियोलाई आर्टिफिसिल प्रोम्पट हालेर भाँसिने गरी बनाएको भिडियो जताततै साँझा गरिएको पाईएको छ । यसमा केही अनलाईन मिडियाहरु समेत झुक्किएका छन् ।
केही अनलाईन मिडियाहरुले आफ्नो फेसबुक पेजमा भिउज लिन डिप फेक भिडियो शेयर गरिरहेको पाईएको छ । यथार्थमा, हिलोमा फँसेको ट्रयाक्टर भाँसिएको होइनन्, एआई मार्फत त्यस्तो बनाईदिएको छ ।
भिडियोमा केहीबेर नर्मल देखिएपनि केही सेकेण्डपछि ट्रयाक्टर भासिएको र छेउका मान्छेहरु गायब भएको देखिएको छ । यो निर्मित भिडियो हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…