दिल्लीबाट हजुरआमाको माया पाउन घर आएका रितिक दाजु रितेशसँगै सदाका लागि अस्ताए !
नगरपालिकाका प्राविधिकले साईड कटिँग भनेर बजाबतै उल्लेख गरिएको छ । तर, साईड कटिँगमा एक भाग मात्रै ५ फिट भन्दा अधिक गहिरो खनेपछि ठुलो खाल्डो बनेको छ । सो सडकको अहिले निकायले अनुगमन गरेको छैनन् । भर्खर निर्माण भएको सो सडक मापदण्ड विपरित भएपछि निर्माण कम्पनी उपभोक्ता समितिले जिम्मेवारी लिनुपर्ने बताइएको छ ।

२०८२ जेठ ८ बिहीबार, बेलुकी ६:१० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । “गे पोता हमर, हमरे सँ भेटके लेल आईल छलैया गे, दु दिन मात्रे बाजल, तेसर दिन भगवान लग चइल गेलै गे” (मेरा नाती, मसँगै भेट्नका लागि आएका थिए, दुई दिन मात्रै मसँग बोल्यो, तेस्रो दिन भगवान कहाँ गयो) भनेर विलौना गरिरहेकी छन मृतक रितिक र रितेशकी हजुरआमा कौशिल्या साह ।
पूर्वी धनुषाको कमला वडा नम्बर २ सराबे टोलस्थित मँगलबार दिउँसो रितिक र रितेशको एकसाथ डुबेर मृत्यू भएपछि अहिले सिँगो टोल शोकमग्न छ भने जताततै सोही घटनाको चर्चा चलेको छ । स्थानीय रामबाबु साहका ७ बर्षिय रितिक साह र उनकै भाई श्यामबाबु साहका ५ बर्षिय छोरा रितेश साहको एकैपटक डुबेर मृत्यू भएपछि अहिले सराबे टोल शोकमग्न छ ।
विहिबार जनकपुरबाट गएका सँचारकर्मीहरुको टोलीलाई देख्नेवित्तिकै भावह्वील बनेकी कोशिल्या एकसाथ मृत्यूको घटनाले खाना रुचाउन पाएकी छैनन् । रुँदारुँदै उनको आवाज बसिसकेको छ । रितिककी आमा रिँकु साह बोल्न छाडेकी छन् । पुत्र वियोगमा मँगलबारदेखि नै भोकै बसेकी रिँकु कोही गएपछि पटक पटक मुर्छा पर्छिन् ।
रितिक र रितेशका बुवा घर चलाउन भारतको दिल्लीमा काम गरिरहेका छन् । रितेशकी आमा समेत दिल्ली बस्दै आएकी छन् । गत शनिबार मात्र हजुरआमासँग माया पाउन रितेश गाउँ आएका थिए । रितिक भने गाउँकै स्कूलमा कक्षा २ मा अध्ययनरत थिए । उनी हजुरआमाकै रेखदेखमा पढाई लेखाई गर्दै आएका थिए । तर, मँगलबार दुवै दाजुभाई सदाका लागि अस्ताए ।
दिल्लीबाट घर आएका रितिक र दाजु रितेशसँगै बर्षा भएपछि नुहाउनको लागि बाहिर निस्के । घर पछाडीको गल्लीबाट घरदेखि करिब ५० मिटरको दुरीमा मात्र रहेको नयाँ बनेको कृषि सडकको खाल्डोमा दुवै दाजुभाई अस्ताए ।
पछाडीको गल्लीबाट दुवै दाजुभाई निस्केपछि हजुरआमाले दुवैलाई खोज्न निस्के तर भेटाएनन् । निस्केको करिब आधा घण्टामै एक स्थानीयले रितिकलाई पानीमा मरेर तैरिरहेको अवस्थामा देखेपछि निकालेको थियो । रितिक भने पानीमुनी डुबेका थिए । उनको करिब १ घण्टाको खोजबिनपछि सोही खाल्डोबाट स्थानीयहरुले शव फेला पारे ।
नयाँ बनेको कृषि सडकको छेउमा खनिएको ५ फिटभन्दा अधिक खाल्डोमा दुवै दाजुभाई एकै पटक ज्यान गुमाएपछि टोल शोकमग्न छ । उनीहरुको आमाबुवा दिल्लीबाट आजै घर आउने कौशिल्या बताउँछिन् ।
मापदण्ड विपरित कृषि सडक
सराबेस्थित निर्माण गरिएको सो कृषि सडकको निकास कहि कतै छैनन् । कृषि सडकमा जाने कुनै बाटो छैनन् । बीचमा पैनी (नहर) पार गरेर मात्र कृषि सडकमा जान सक्ने अवस्था छ । सडकको मापदण्ड अनुसार कुनै एक सार्वजनिक सडकमा कनेक्ट (जोडिएको) हुनुपर्नेमा सडक कहिकतै जोडिएको छैनन् ।
नगरपालिकाका प्राविधिकले साईड कटिँग भनेर बजाबतै उल्लेख गरिएको छ । तर, साईड कटिँगमा एक भाग मात्रै ५ फिट भन्दा अधिक गहिरो खनेपछि ठुलो खाल्डो बनेको छ । सो सडकको अहिले निकायले अनुगमन गरेको छैनन् ।
घटना मिलाउन दलालहरु सक्रिय
एकै घरका दुई बच्चा डुबेर मरेपछि स्थानीय केही व्यक्तिहरु दलाली गर्न व्यस्तता देखाएका छन् । उनीहरुले मानवता मारेर घर परिवारलाई कन्भिन्स गर्न व्यस्त देखिए । पत्रकारहरुको टोली घटनास्थल र उनको घरमा जाँदा त्यहाँ केही महिलाहरु दलाली गर्न व्यस्त देखिएको थियो । उनी एक वडासदस्यकी मितिन रहेको बताईन्छ ।
यति मात्र होइनन, स्थानीय केही फेकू नक्कली नेताहरुले समेत घटना मिलाउन कसरत जारी राखेको देखिए । काम गर्ने कम्पनी उपभोक्ताका व्यक्तिसँग मोटो रकम लिएर घटना सामसुम पार्ने दाउमा केही व्यक्तिहरु सक्रिय भएको देखिए । घटना भवितव्य भएपनि उपभोक्ता समितिलाई डराएर रकम असुल्ने दाउमा रहेको देखिएको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…