सिरहामा सर्पको टोकाइबाट एकको ज्यान गयो
न्यूज ब्यूरो | सिरहा, २६ असार । सिरहामा सर्पको टोकाइबाट मंगलबार एकजनाको ज्यान गएको छ । सर्पदंशबाट सिकिस्त विरामी परेका सिरहाको गोलबजार ८ चोहर्वा भाइजीटोलका ५५ वर्षीय देवलाल उराउको उपचार गराउन धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घरमै राती खाना खाएर सुत्न जाने बेलामा उनलाई गोमन सर्प (कोवरा) ले

२०७५ असार २६ मंगलबार, राति ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २६ असार । सिरहामा सर्पको टोकाइबाट मंगलबार एकजनाको ज्यान गएको छ । सर्पदंशबाट सिकिस्त विरामी परेका सिरहाको गोलबजार ८ चोहर्वा भाइजीटोलका ५५ वर्षीय देवलाल उराउको उपचार गराउन धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घरमै राती खाना खाएर सुत्न जाने बेलामा उनलाई गोमन सर्प (कोवरा) ले डसेको थियो । जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लग्दैगर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…