एमाले धनुषाको मतगणनाः भोला यादवको अग्रता कायमै, सचिवमा ठाकुरको अग्रता जारी
अध्यक्षमा पदको लागि अहिलेसम्म कुल ३१४ मत गणना हुँदा भोला यादव १९५ मत ल्याएका छन् भने उमाशंकर अडगरिया प्यानलका लक्ष्मी यादव १११ मत ल्याएका छन् । यस्तै, सचिव पदमा रघुवीर महासेठ प्यानलका दिप नारायण ठाकुरले कुल १८० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी धीरेन्द्र मण्डलले ११६ मत ल्याएका छन् ।

२०८२ जेठ ८ बिहीबार, दिउँसो ४:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) धनुषामा नयाँ नेतृत्वको लागि भएको मतदानपछि मतगणना जारी रहेको छ ।
गएरातीदेखि नै सुरु भएको मगणना बिहान स्थगित गरिएको थियो । बिहानसम्म भएको १५६ मतगणनामा अध्यक्ष पदको लागि रघुवीर महासेठ प्यानलका भोला यादव ९१ मत र लक्ष्मी यादव ६३ मत ल्याएका थिए । पुनः आज दिउँसोदेखि सुरु भएको मतगणनाको क्रममा १५८ मत गणना हुँदा भोला यादव १०४ मत र लक्ष्मी यादव ४८ मत प्राप्त गरेका छन् ।
अध्यक्षमा पदको लागि अहिलेसम्म कुल ३१४ मत गणना हुँदा भोला यादव १९५ मत ल्याएका छन् भने उमाशंकर अडगरिया प्यानलका लक्ष्मी यादव १११ मत ल्याएका छन् ।
यस्तै, सचिव पदमा रघुवीर महासेठ प्यानलका दिप नारायण ठाकुरले कुल १८० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी धीरेन्द्र मण्डलले ११६ मत ल्याएका छन् ।
जम्मा खसेको ६१५ मतमध्ये ३१४ मत गणना भईसकेको छ भने ३०१ मत गणना हुन बाँकी रहेको छ ।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…