कमला नगरपालिकामा विशेष नगरसभा, १७ नयाँ निर्णय, केही कर्मचारीहरुलाई सम्मान
नगरकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा आवश्यक कर्मचारीहरुको परिपूर्तिका लागि अर्को व्यवस्था नभएसम्मको लागि स्वीकृत दरबन्दीको अधिनमा रही करारमा सेवा लिन प्रस्ताब पारित गर्ने निर्णय, नगरपालिकामा कार्यचाप अत्यधिक भएको तर तालीम प्राप्त जनशक्तिको अभाव भएको कारण कार्यालय समय बाहेक विहान र बेलुका पनि कार्यालयको काम गर्नुपर्ने भएको र यस नगरपालिकाबाट अव्वल जनशक्ति काज र सरुवा भै अन्य कार्यालयमा जान निरुत्सात्हन गर्न आ.व.२०८१/८२ को माघ देखि असार सम्म कार्यालय प्रमुखले तोके बमोजिमको कर्मचारीहरुलाई कर्मचारीको कार्य चाप, कार्य क्षमता, कार्य सम्पादन हेरी कर्मचारीको मनोवल र उत्प्रेरणा बढाउ

२०८२ जेठ ३ शनिबार, बिहान ७:०५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा विशेष नगरसभा गरिएको छ । शुक्रबार एक समारोहको आयोजना गरी विशेष नगरसभा २०८१/०८२ सम्पन्न गरिएको छ ।
विशेष नगरसभाबाट चालु आर्थिक बर्षको जम्माजम्मी दुई महिना बाँकी रहँदा १७ वटा नयाँ निर्णयहरु पारित गरिएको छ । कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवको अध्यक्षतामा भएको विशेष नगरसभाबाट कर्मचारी सम्मानदेखि लिएर योजना अनुगमन तथा गुणस्तरीय कार्यको लागि पक्का निर्णयहरु लागू गरिने नीतिमाथि प्रकाश पारिएको हो ।
चालु आर्थिक बर्षको आठौ नगर सभाबाट विनियोजित बजेटमा केहि थप घट र संसोधन गर्नु पर्ने भएकोले अनुसूचि १ बमोजिम कमला नगरपालिकाको विनियोजन ऐन २०८१/८२ र स्थानीय सरकार संचालन ऐनको परिधि भित्र रही बिभिन्न शाखा, वडा कार्यालय र नगर स्तरीय योजना तथा कार्यक्रहरु रकमान्तर र संसोधन गर्ने निर्णय गरिएको हो ।

कमला नगरपालिका नगर कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी हरुको संगठन तथा व्यबस्थापन सर्वेक्षण (O &M) बमोजिमको कर्मचारी दरवन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको जनाईएको छ ।
चालु आर्थिक बर्षमा प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत संघीय सरकारबाट हस्तान्तरित रोजगारी सिर्जना कार्यक्रम अन्तर्गत विनियोजित बजेट मध्ये अनुसूची–२ बमोजिमको कार्यहरु गर्ने निर्णय गरिएको हो ।
हालसम्म भएका कमला नगरपालिकाको कार्यपालिका बैठकका सवै निर्णयहरु, नगर प्रमुख, नगर उपप्रमुख, वडा समिति तथा वडा प्रमुखवाट भए गरेका सम्पूर्ण निर्णयहरु नगरसभाबाट अनुमोदन गर्ने प्रस्ताब पारित गर्ने , कमला नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरुको आ.व.२०८२/०८३ को लागि पेश भएको बार्षिक तलवी प्रतिवेदनलाई पारित गर्ने प्रस्ताब पारित गर्ने , स्थानीय सेवाका कर्मचारीहरुको तहरस्तर वृद्धि सम्बन्धी कार्यविधि–२०८१ बमोजिम भए गरेका तह वृद्धिहरु अनुमोदन गर्ने , आ.व.२०८१/८२ का लागि पारित पुँजीगत योजना तथा आयोजनाहरु कार्यान्वयन गर्दा बढीमा ३ प्रतिशत कन्टिन्जेन्सी रकम कट्टा गरी सोवाट प्राप्त रकम आयोजना व्यवस्थापन सेवा (कन्टिन्जेन्सी) खर्च सम्बन्धि कार्यविधि, बमोजिम आयोजना संचालन खर्च र कार्यालयको आवश्यकता अनुसारको अन्य कार्यक्रमहरु संचालन गर्न कार्यालय प्रमुखलार्ई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताब पारित गर्ने निर्णय भएको हो ।

यस नगरकार्यपालिकाको कार्यालयको लागि आवश्यक पर्ने सिप विकास ,जनचेतना मुलक तालिम ,गोष्ठी तथा अन्य बिबिध तालिमको लागि लाग्ने खर्च प्रदेश खर्च मापदण्ड निर्देशिका,२०८० बमोजिम गर्ने प्रस्ताब पारित गर्ने निर्णयसमेत गरिएको हो ।
नगरकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा आवश्यक कर्मचारीहरुको परिपूर्तिका लागि अर्को व्यवस्था नभएसम्मको लागि स्वीकृत दरबन्दीको अधिनमा रही करारमा सेवा लिन प्रस्ताब पारित गर्ने निर्णय, नगरपालिकामा कार्यचाप अत्यधिक भएको तर तालीम प्राप्त जनशक्तिको अभाव भएको कारण कार्यालय समय बाहेक विहान र बेलुका पनि कार्यालयको काम गर्नुपर्ने भएको र यस नगरपालिकाबाट अव्वल जनशक्ति काज र सरुवा भै अन्य कार्यालयमा जान निरुत्सात्हन गर्न आ.व.२०८१/८२ को माघ देखि असार सम्म कार्यालय प्रमुखले तोके बमोजिमको कर्मचारीहरुलाई कर्मचारीको कार्य चाप, कार्य क्षमता, कार्य सम्पादन हेरी कर्मचारीको मनोवल र उत्प्रेरणा बढाउन कार्यविधि बमोजिम खाईपाई आएको तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने लगायतका १७ निर्णयहरु गरिएको हो ।

लगनशिलताले काम गर्ने कर्मचारीहरुलाई सम्मान
कमला नगरपालिकाको विशेष नगरसभाको क्रममा नगरपालिकामा निरन्तर लगनशिलताले काम गर्ने केही कर्मचारीहरुलाई सम्मान गरिएको छ । सो क्रममा जिन्सी शाखाका प्रमुख युगलकिशोर यादव, स्वास्थ्य शाखा सँयोजक (प्रमुख) रामकुमार ठाकुर, प्राविधिक शाखाकी नेहा कुमारी मण्डल, योजनासहित विभिन्न शाखाका प्रमुख वीरेन्द्र कुमार सढान र नगरपालिकाका आर्थिक प्रशासन शाखाका प्रमुख सँजीव कुमार महतोलाई नगदसहित सम्मानपत्र दिएर सम्मान गरिएको हो ।

आ आफ्नो क्षेत्रमा सेवाग्राहीलाई उत्तम सेवा प्रदानसहित शाखालाई न्यून बेरुजु बनाउनेतर्फ योग्दान दिएको, आफ्नो शाखामार्फत हुने कार्य सम्पादनमा कुशलता देखाएको भन्दै पुरस्कृत गरिएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…