औरही गाउँपालिकाका युवाहरुले भ्रष्टाचार विरुद्ध अभियान थाले
न्यूज ब्यूरो | सिरहा, २६ असार । सिरहाको औरही गाउँपालिकाका युवाहरुले मौलाइरहेको भ्रष्टाचार रोक्नका लागि अभियान थालेका छन् । स्वतन्त्र युवा समाज औरहीका युवाहरुले गापाका विभिन्न वडाहरुमा अभियान थालेका हुन् । बिकास निर्माणका काम धेरै ठाउँमा सुरु समेत नभएको, धेरै कमै ठाउँमा भएपनि त्यो बिकासको काममा चरम ल

२०७५ असार २६ मंगलबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २६ असार । सिरहाको औरही गाउँपालिकाका युवाहरुले मौलाइरहेको भ्रष्टाचार रोक्नका लागि अभियान थालेका छन् । स्वतन्त्र युवा समाज औरहीका युवाहरुले गापाका विभिन्न वडाहरुमा अभियान थालेका हुन् ।
बिकास निर्माणका काम धेरै ठाउँमा सुरु समेत नभएको, धेरै कमै ठाउँमा भएपनि त्यो बिकासको काममा चरम लापरबाही भएको, ग्राभेल भएको ठाउँ समेत हिलैहिलो भएको, आरसिसि इस्टिमेटमा ८ इन्च भएपनि ६ इन्चसम्म मात्रै ढलान हुँदा कसरी बजेट पास भयो, वडा कार्यालय, स्वस्थ्य चौकीजस्ता कार्यालयहरु १२ देखि २ बजेसम्म किन बन्द रहने गरेको, पहिले बनाइएको योजना कार्यन्वयन नभई फेरि बिना हिसाब किताबकै अर्को परिषद गर्ने तयारी किन भइरहेको लगायतका विभिन्न विषयमा खबरदारीका लागि अभियान थालिएको हो ।
अभियानका क्रममा जुनसुकै वडामा भ्रष्टाचार गर्ने, सूचना लुकाउने, सूचना दिन आनाकानी गर्ने जो कोहीलाई नछाड्ने युवाहरुले खबरदारी गरेका हुन् ।
विकासमा र बजेटमा अनियमितता भइरहेको बताउँदै युवाहरुले त्यसको छानविन गर्न प्रशासनलाई आग्रह समेत गरेका छन् ।
युवाहरुले यससँगै भ्रष्टाचार विरुद्धको हस्ताक्षर अभियान पनि सञ्चालन गरेका छन् । अभियानको अन्त्यमा एकदिन गाउँपालिकाको कार्यालय घेराउ र धर्ना कार्यक्रम समेत गर्ने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…