
न्यूज ब्यूरो, जनकपुरधाम । स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) चुनाव नगरेको विषयमा राराब कलेज जनकपुरविरुद्ध जनकपुर उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
शैलेन्द्र कुमार मण्डलले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि अदालतले कलेज प्रशासनसँग सोधेको हो कि संविधान र कानुनले व्यवस्था गरेबमोजिम नियमित विद्यार्थी युनियन चुनाव किन नगरिएको हो भन्ने बारेमा स्पष्ट जवाफ पेश गर्नुपर्छ।
उक्त मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता विमल कुमार मिश्रले बहस गर्दै कलेज प्रशासनले विद्यार्थीको संवैधानिक अधिकार कुण्ठित गरेको दाबी गरेका थिए। उनले लामो समयदेखि स्ववियु चुनाव नगरिएको र यसले विद्यार्थीको नेतृत्व विकास र उनीहरूको हकहितको संरक्षणमा असर पारेको तर्क प्रस्तुत गरेका थिए।
राराब कलेज जनकपुरलाई विपक्षी बनाई दायर गरिएको उक्त रिटमाथि अदालतले अबको म्यादभित्र कारण देखाउ आदेशअनुसार लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
स्ववियु चुनावको माग गर्दै विद्यार्थीहरूबीच व्यापक चासो र बहस सुरु भइसकेको छ। अब अदालतको निर्णयले यस विषयमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
IPL मा १४ बर्षिय किशोर बैभव सूर्यवंशीको शानदार शतक, फास्ट शतक हान्ने रेकर्ड !
- २०८२ बैशाख २६ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित
पूरा पढ्नुहोस्